अनेरास्ववियुकी अध्यक्ष नविनाको बुबा गिरफ्तार

काठमाडौं ६ मंसिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाको बुबा मणिक लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौं नयाँ वानेश्वरस्थित आफ्नै घरबाट लामालाई प्रहरीले मंगलबार गिरफ्तार गरेको हो । केही दिनदेखि विरामी परेका लामा घरमै आराम गरिरहेका थिए ।
लामा नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत हुन् । मोर्चा नेकपासँग आस्था राख्ने तामाङ समुदायको साझा संगठन हो । तर प्रहरीले उनलाई नेकपाका केन्द्रीय सदस्य भन्दै गिरफ्तार गरेको छ ।
जिम्मेवारी र उमेर दुबै कारण नेकपाको चुनाव खारेज अभियानमा समेत सहभागी नभएका लामाको गिरफ्‍तारीको तामाङ समुदायले विरोध गरेका छन् ।