‘एका बिहानै भावुक मुत्रामा प्रचण्डले भने : १० बर्ष युद्ध लडे र अबको १० बर्ष विकासमा लाग्छु ’ (भिडियो)

राजेन्द्र आचार्य
चितवन, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु विकास र समृद्धिको संकल्प गरेर चितवनमा आएको बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का टोलवासीहरुले प्रचण्ड पुत्र प्रकाशलाई समबेदना प्रकट गर्न आएको वेलालाई स्थानियलाई सम्बोधन गर्दै उनले १० बर्ष, विचार, के हो, परिर्वतन के हो र १० बर्ष लडाईमा नै वित्यो उनले भने अबको १० बर्ष विकासमा र समृद्धिमा विताउने संकल्प गरेर आएको छु ।

 

निकै भावुक मुत्रामा रहेका प्रचण्डले समाजिक न्याय र समानताका निम्ती नै चितवनमा आएको स्पष्ट पारे ।
उनले भने १० बर्ष युद्ध लडे र अबको १० बर्ष विकासमा लाग्छु ।


यो संकल्प पुरा गर्न आम चितवनवासीको हृद्धयदेखि सहयोग हुने अपेक्षा समेत लिएको बताए ।
साथै उनले शोकको यसअडिमा समवेदना, साहानुभूति प्रकट गर्ने सबैमा कृतज्ञता समेत ज्ञापन गरेका थिए ।