भट्टराई र श्रेष्ठ अन्तिम कसरतमा

गोरखा, ६ मंसिर । कुनै पनि बेला समान हैसियत रहेर राजनीति गरेका नयाँशक्तिका संयोजनक डा। बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् ।

गोरखा २ का उम्मेदवार उनीहरु आफ्नो पक्षमा निर्वाचन परिणाम हात पार्न यति बेला अन्तिम कसरतमा छन् । प्रचारप्रसारको समय अवधि सकिनै लाग्दासम्म दुवै उम्मेदवार मतदाताको दैलोमा पुग्न प्रतिस्पर्धा गरिरहेका छन् ।

दुवै नेताले अहिले मतदातासंग भोट माग्दै आफुलाई सघाउन आग्रह गरिरहेका छन् । निर्वाचन प्रचारप्रसारमा रहेको उनहिरुमध्ये मंगलबार श्रेष्ठ गोरखाको हार्मी र भट्टराई सिरानेचोमा थिए ।

प्रदेश ४ भित्रको गोरखा २ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छन् ।, आजको नागरिकमा खबर छ ।

Promise Education Consultancy