बाम युबाहरुको भेलाले नवलपुरमा १ हजार १ सदस्यिय निर्वाचन परिचालन कमिटि

नवलपुर, ५ मंसिर । नवलपुरमा, बाम युबाहरुको भेलाले नवलपुर क्षेत्र नंम्बर १ “क” मा १ हजार १ सदस्यिय निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । नवलपुर क्षेत्र नंम्बर १ को प्रतिनिधी सभा र प्रदेश सभा निर्बाचनमा बाम गठबन्धका उम्मेद्वारलाई विजयी गराउने उदेश्यले प्रदेश स्तरिय युवा परिचालन कमिटी निर्माण गरिएको हो ।

नवनिर्मित कमिटीको संयोजकमा युबानेता सानु काजी डङ्गोल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै नव–निर्मित कमिटीको सह–संयोजकमा सन्तोष सापकोटा चयन हुनुभएको छ । कमिटिमा युबा अगुवा राम थापा, देशबन्धु सिग्देल, आशिस आर्चाय, कृष्ण कंडेल, रमेश ढकाल, हिरन थापा, नरेश आर्चाय, गोपाल लामिछाने, सुरज घिमिरे, राजकुमार चौधरी, रामकृष्ण भण्डारी लगायत रहेको बाम युबा नेता हरि सिग्देलले जानकारी दिनुभएको छ । यसैबिच कमिटिले १७ सदस्यिय सचिबालय समेत आजै चयन गरेको, सिग्देलले जानकारी दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी, बाम गठबन्धनका नेता एंब नवलपुर क्षेत्र नंम्बर १ का निर्वाचन परिचालन समिती संयोजक सत्यनारायण भुषालले, देशमा युबाहरुको हकहितका निम्ती बाम गठबन्धनको जित आवश्यक रहेकाले सबै युबाहरुलाई, चुनाबमा होमिन पनि आग्रह गर्नुभयो । देशमा बामपन्थिको जित हुदाँ सिङ्गो देशले जित्ने भएकाले बाम गठबन्धनको जित अपरिहार्य रहेको उहाँको तर्क थियो । युबा परिचालन समिती गैडाकोट नगरपालिकाका सहसंयोजक दिनेश केसीले सहजिकरण गरेको सो, कार्यक्रममा नवलपुर क्षेत्र नंम्बर १ का सयौं युबाहरुको सहभागिता रहेको थियो ।

.