गोरखामा रितिदैँ नयाँ शक्ति, फेरी दुई नेता माओवादी केन्द्रमा प्रवेश

गोरखा,५ मंसिर । नयाँ शक्ति पार्टी नेपालका दुई नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँ शक्ति पार्टी नेपालका थालाजुङ सचीव सिताराम ढकाल र सदस्य बलबहादुर खत्री आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

गोरखा जिल्ला क्षेत्र नम्बर २ दुइ अन्तर्गतको शिरानचोक गाउँ पालिका वडा नम्बर ९२ खत्री गाउँमा आयोजित चुनावी सभामा ढकाल र खत्री माओवादी केन्द्र प्रवेश गरेका हुन्।

नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट विचारधारा छोडेको, व्यक्तिवादी सोच राख्ने भएकोले अब भट्टराई सङ्ग बस्न नसकिने निष्कर्ष निकाल्दै माओवादी केन्द्र प्रवेश गरेको ढकालले बताए ।

पार्टी प्रवेश गरेका ढकाल र खत्रीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गरे।

हिजो मात्रै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।