युवालाई देश जिम्मा दिदै यसरी अस्ताए खुसीराम अन्तिम गीत गाउदै (भिडियो र ३ फोटो )

 

चितवन, ५ मंसिर । चितवनमा वामगठबन्धनको चुनावी सभामा निर्धारित समय भन्दा निकै ढिला गरि सुरु भएको थियो । चुनावी सभामा मात्र नभई अचानक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनका कारण श्रद्धाञ्जली सभा समेत भएको थियो ।

विस्तार मञ्चमा कार्यक्रम सञ्चालनका लागि देवी ज्ञावाली आए, अमिक शेरचनलाई अध्यक्षता ग्रहण गराउदै । कार्यक्रममा नेताहरु आउने क्रम जारी रह्यो । केन्द्रिय वस ट्मिर्नल चौरमा एकपछि एक गर्दै मान्छेहरुका भिड् बढ्न् थाले । माहोल तात्दै गएर ।
आनि आए उहि चन्कीला नक्षेत्र भएका जनवादी गायक खुसीराम पाख्रीन् । र गाय यस्तो गीत प्रकाशको स्मृतीमा ।।

‘युवाहरु देश तिम्रै हो, भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो’

यो गीत आउदै गर्दा हजारौँ युवाहरु साथ साथमा दिए खुसीरामलाई ।
गीत सकिएपछि माओवादी नेता सूय सुवदी पथिकले प्रकाशलाई श्रद्धाञ्जली भाषण दिए । नेताहरु बोल्दै क्रम जारी थियो । यहि विचमा अचानक पछाडी बसेका खुसीराम ढले ।


भरतपुरको केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा आयोजित कार्यक्रममा पुत्र गुमाएर विह्वल पार्टी अध्यक्ष पुष्पकमल दाहालको अगाडि गीत गाएका पाख्रिनलाई गीत गाएर आराम गरिरहँदा हृदयाघात भएको थियो ।

तुरुन्तै भरतपुरको नारायणी सामुदायिक अस्पताल पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा ग¥यो ।

भरतपुरमा आयोजित बाम गठबन्धनको संयुक्त आमसभामा सम्बोधनसँगै यो गीत गाएका जनवादी गायक तथा पूर्वसांसद् खुसीराम पाख्रिनको निधन भएको हो ।
पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको माओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु’ गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मुक्तिको सपना देखेर युद्धमा होमिएका खुसीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।

चुनावी सभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातका कारण निधन भएको थियो ।

तस्वीर : कोमलचन्द्र भगत

Promise Education Consultancy