सोनिका हट अवतारमा आएपछि ….(भिडियो)

 

काठमाडौँ । ‘वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् । ‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ ।

 

 

आरजे एसआईको शब्द कम्पोज र स्वर रहेको यस भिडियोले अहिले बजारमा निकै चर्चा बटुलेको छ। डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् । यस भिडियोको छायांकनको लागि आरजे एसआई अमेरिका बाट नेपाल आएका हुन् । पवन सुस्लिंगको च्यानलमा रहेको यस भिडियोलाई आरजे एसआईले सम्पादन तथा निर्देशन गरेका हुन् ।