प्रचण्डको शोकमा केपीको भाषण (भिडियो)

 

चितवन, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विषम परिस्थितिमा पनि धैर्यता देखाएका प्रचण्डलाई सलाम भनेका छन् । चितवनमा वामगठबन्धन को संयुक्त चुनावी सभालाई सम्बोधन गर्न मञ्चमा उक्लेका ओलीले प्रचण्ड लाई निकै शाहषी नेता भन्दै सलाम ब्यक्त गरेका हुन् ।

पुर्व निर्धारित चुनावी सभा भएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएका कारण सोही सभालाई श्रद्धाञ्जली सभाको रुपमा समेत परिणत गरिएको हो ।

मञ्चमा उक्लने वित्तिकै ओलीले दिवंगत प्रकाशलाई सम्झंदै “ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश प्रति श्रद्धाञ्जली ब्यक्त गर्दछु” भने । उनले यस्तो विषम घडीमा पनि धैर्य धारण गर्ने सक्ने प्रचण्डको क्षमता प्रति नतमस्तक भएको बताए ।

उनले प्रचण्ड सहित उनकी पत्नी सिताको समेत नाम लिएर शोकमा डुवेको परिवार प्रति समवेदना ब्यक्त गर्दै देशमा शान्ती र स्थायित्वका लागी स्थिर सरकार आवश्वयक रहेको बताएका छन् ।

 

बाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै ओलीले बाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका हुन् । उनले कम्युनिष्ट सरकार बन्नेभयो भनेर नआत्तिन काँग्रेसलाई आग्रह गरे । बाम गठबन्धनले समृद्ध नेपाल,सुखी नेपाली बनाउने देशव्यापी अभियान सृजना गरेको ओलीको भनाई थियो ।

चुनाव सार्ने योजनाका साथ चुनाव विरोधी गतिविधी भएको भन्दै ओलीले चुनाव कुनै पनि हालतमा सम्पन्न हुने बताउदै देशव्यापी रुपमा उम्मेद्वारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको आरोप समेत लगाए । उम्मेदवारलाई भोट माग्दै ओलीले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गरे ।

उनले भने, ‘१० १५ हजार भोटले पुष्पकमल दाहाल प्रचण्ड नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन रु भन्दै प्रश्न गरे । अब ठाउँ बनाउने अभिभारा लिन्छु भनेर दुई पटक देश चलाइसक्नु भएका प्रचण्ड आउनु भएको छ’ प्रचण्ड र आफ्नो तर्फबाट प्रतिवद्धता जनाउँछु भन्दै उनले भने, ‘अब चितवनको विकास भयो भयो, अब कसैले रोक्न सक्दैन ।’

यो चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र ग्रेटर चितवन बनाउने उनले बताए । अर्को प्रसंगमा ओलीले असली काँग्रेसले नेपाली काँग्रसले नेपाली काँग्रेस छोडिसकेको बताउदै कामचलाउ सरकारले कर्मचारी सरुवा गरेर चुनाव विरोधी गतिविधी वढाएको भन्दै त्यसको प्रतकिार गर्ने चेतावनी दिए ।

उता, पुत्र वियोगकाबीच चितवनको भरतपुरमा आयोजित चुनावी आम सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा लाखौँको जनलहर देखिएको थियो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ अन्तर्गत केन्द्रीय बस टर्मिनल चौरमा  धेरै सर्वसाधरण सहभागी बनेका छन् । भरतपुरको वडा नम्बर ९ बाट मात्रै ९ वटा बस र अटोरिक्सामा जनता सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार सहित चितवन पुगेका थिए । कार्यक्रमलाई उनले सम्बोधन भने गरेनन् ।

.