पुत्र वियोगमा रहेका प्रचण्ड वम काण्डमा घाइतेहरुको अवस्था बुझ्दै (भिडियो)

 

चितवन, ५ मंसिर । तीन दिन अघि मात्र एक्ला सुपुत्र प्रकाश दाहाल गुमाउनु भएका अध्यक्ष प्रचण्डले बुधबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो।
मंसीर ४ गते अज्ञात समूहको आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं. १४ र १५ मा उपचार भइरहेको छ।
प्रचण्ड अस्पताल पुगेपछि सर्वसाधारणले प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका छन्। उनीहरुले छोरा गुमाएको पीडामा पनि जनताको साथ दिने प्रचण्डजस्ता नेता बिरलै जन्मने भन्दै प्रचण्डलाई उच्च सम्मान पनि गरे।

(भिडियो)

 

 

Promise Education Consultancy