नारायणगढ बालकुमारीको स्थापना दिवस

चितवन, ५ मंसिर । नारायणगढमा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सोमबार बिहान चितवन मानव सेवा आश्रममा खाना खुवाएको क्लबले साँझ विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।
गैंडाकोटमा आयोजना गरिएको क्लबको ‘चार्टर नाइट’मा क्लबका १३ जना संस्थापकहरुलाई सम्मान, वर्तमान कार्यसमिति सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बिटुका निवर्तमान गर्भनर घनश्याम भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भट्टराईले लायन्स क्लब सामाजिक कार्य गर्न स्थापना भएको संस्था भएकोले लायन्स क्लब अफ नारायणगढ बालकुमारीले सोही अनुसार काम गर्दै आएको बताए ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका संस्थापक अध्यक्ष लक्ष्मीचरण श्रेष्ठले क्लबको बारेमा स्थापना कालदेखि हालसम्मको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बिटुका पूर्व गर्भनर राजकुमार श्रेष्ठ, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बिटुका पूर्व गर्भनर प्रभातकुमार जोशी, डिष्ट्रिक एरिया ३ का संयोजक राजेन्द्र गौतम, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष टेकबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष ईश्वरकुमार राजभण्डारीले स्वागत मन्तव्य राखेका थिए ।