वन मन्त्री पाण्डेको घर पछाडि फेला परेको बम निस्कृय

आनन्द पोखरेल
चितवन, ५ मंसिर ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको वन मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको ‘क्यान बम’ निस्कृय पारिएको छ । मंगलबार बिहान फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले करिब १० बजेतिर निस्कृय पारेको हो ।

चितवन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पाण्डेको घर पछाडि क्यानमा करिब पाँच किलो तौल भएको बम राखिएको नेपाली सेनाले जनाएको छ । दि फेमस महेन्द्र दल गण भरतपुरका गणपति प्रमुख सेनानी सुरेन्द्र सापकोटाका अनुसार मन्त्री पाण्डेको घर पछाडि अत्यधिक चाप र तापका कारण पड्कीने बम राखिएको थियो ।

बम निस्कृय पार्ने टोलीले तीन पटकको प्रयासपछि बमलाई निस्कृय पारेको हो । मन्त्री पाण्डेको घर पछाडि बम राखेको जानकारी पाएपनि सेनाको टोली बिहान सात बजेदेखि बम निस्कृय पार्न खटिएको थियो ।

.