प्रधानन्याधीस गोपाल पराजुलीललाई चितवनमा स्वागत

 

चितवन, ५ मंसिर । प्रधानन्याधीस गोपाल पराजुलीले जिर्ण हुन लागेको जिल्ला अदालतलाई मर्मत गर्ने प्रक्रिया तत्काल अगाडि बडाउने बताउनु भएको छ ।
जिल्ला अदालत चितवनले आयोजना गरेको स्वागत तथा सम्मान कार्यत्रममा पराजुलीले भवन निर्माणको पक्रिया अगाडी बडाउने बताउनु भएको हो ।
पराजुलीले चितवन जिल्ला अदालतको भबन निर्माणसँगै आँफुले अन्य ब्यबस्थापकिय पक्षलाई बिचार गर्ने समेत बताउनु भयो । उहाँले चितवनमा अझै पनि केहि मुद्दा फरछ्योट भएको गुनासा आउने गरेको भन्दै अबको दिनमा त्यस्तो नहुने बिश्वास लिएको बताउनु भएको छ ।
स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला अदालत चितवनका प्रमुख न्यायाधीस कुल प्रसाद शर्माले जिल्ला अदालतले पछिल्लो कार्तिक महिना सम्म १७ सय ६० मुद्दा मध्य ४ सय ४९ मात्रै अर्थात २६ प्रतिशत मुद्दा फरछ्योट भएको बताउदै आँफुले मुदालाई १५ दिन भन्दा बढि नलाग्ने पनि बताउनु भएको थियो । उहाँले पछिल्लो समय चितवन जिल्ला अदालतमा मिलापत्र हुने गरेको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न जिल्ला हरुको न्यायधिसहरुको सहभागिता रहेको थियो पराजुली मंगलबार नबलपुर जिल्लाको जिल्ल अदालतको उद्घाटन गर्न सोमबारनै चितवनमा आउनु भएको हो ।