नयाँ शक्तिका केन्द्रिय सदस्य अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश

गोरखा,४मंसिर । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
गोरखा नगरपालिका १० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
अजिरकोट गाउँ पालिका( ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता समेत हुनुहुन्थ्यो ।
तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहनुभएका अधिकारी डाक्टर बाबुराम भट्टराई ले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सङ्गै नयाँ शक्ति प्रवेश गर्नुभएको थियो ।

Promise Education Consultancy