दिपाले ड्राईभर हरिबंशलाई मायालु छाता ओढाएपछि…

 

चितवन । सफल कलाकार,सफल कार्यक्रम प्रस्तोता,सफल निर्मात्री साथै सफल निर्देशक समेतमा आफ्नो नाम जोडिसकेकी कलाकार दीपाश्री निरौला एतिबेलाकि सबैभन्दा सफल फिल्मकर्मीको रुपमा चिनिन्छिन । अनि निर्देशित चलचित्र ‘छक्का पन्जा २’ ले बम्पर ब्यापार गरेपछि उनले ‘छक्का पन्जा ३’ बनाउने समेत घोषणा गरिसकेकी छिन् । एतिबेला धमाधम छायांकनको क्रममा रहेको दीपा अभिनित चलचित्र ‘शत्रु गते’ पनि निकै चर्चामा रहिराखेको छ ।

बेला बेलामा फिल्मको युनिटबाट विभिन्न तस्बिरहरु समेत सार्बजनिक भै राखेका छन् । सोहीक्रममा फिल्मसंग सम्बन्धित अर्को तस्बिर पनि सार्बजनिक भएको छ । सार्बजनिक तस्बिरमा कालाकार दीपाश्री निरौला र हरिबंश आचार्य रहेका छन् । ट्रयाक्टरचालकको रुपमा सार्बजनिक भएका हरिबंशलाई निकै राम्रो पहिरन सहित राम्री देखिएकी दीपाले हरिबंशलाई छाता ओढाएकि छिन् । फिल्ममा हरिबंश र दीपा श्रीमान श्रीमतीको रुपमा देखिएका छन् ।

महजोडी मदनकृष्ण श्रेष्ठ र हास्यकलाकार किरण केसी ‘रातामकै’को संयुक्त लगानीमा बनेको फिल्मलाई निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । पल शाह आँचल शर्मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।