प्रकाशको स्मृतिमा भोली चितवनसहित देशभरि श्रद्धाञ्जलीसभा, प्रचण्डले नबोल्ने

 

 

चितवन, ४ मंसिर । नेकपा माओवादी केन्द्रले मंगलवार पार्टीका पोलिटब्यूरो सदस्य प्रकाश दाहालको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्ने भएको छ । सोमवार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मंसिर ७ गते लाजिम्पाटमा श्रद्धाञ्जलीसभा गर्ने निर्णय पनि गरेको छ ।
भने पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् । तर, उनले सम्बोधन नगर्ने भएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।

प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।