भाजुरत्नमा ट्याक्टर किन्ने ग्राहकलाई मोटरसाइकल उपहार

चितवन, ४ मंसिर । भाजुरत्न ईञ्जिनियरिङ एण्ड सेल्स भरतपुरले चाडपर्वका अवसरमा ट्याक्टर खरिद गर्ने ग्राहकहरु मध्ये १ जनालाई वम्पर उपहार दिएको छ । दशै, तिहार, छठपर्वमा ट्याक्टर खरिद गर्ने ८८ जना मध्यबाट भरतपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सिकन्दर राउत यादवलाई होण्डा साइन मोटरसाइकल उपहार दिइएको छ । पर्सा घर भएका यादवले कृषि प्रयोजनका मेसी फरगुसन ट्याक्टर किनेका थिए । ‘छप्पडफाड अफर’ अन्र्तगत उपहार दिइएको हो ।
उनलाई भाजुरत्न ईञ्जिनियरिङका प्रशासकीय अधिकृत तथा होण्डा डिभिजनका डिभिजन म्यानेजर अनिलदास श्रेष्ठले उपहार एककार्यक्रमकाबीच प्रदान गरेका थिए । भाजुरत्न ईञ्जिनियरिङ एण्ड सेल्स भरतपुरका शाखा प्रमुख बालकृष्ण भट्टराईले ग्राहकबीचको सम्बन्ध विस्तारका लागि उपहार योजनाले सघाएको बताए । कार्यक्रममा सर्वोच्च अदालतबाट सेवाअवकाश कर्मचारी तथा समाजसेवी बलराम थापा, ग्राहक चेतनाथ बुर्लाकोटीले भाजुरत्नले चाडपर्व लक्षित गरी ल्याएको उपहार योजनाको प्रशंसा गरेका थिए । भाजुरत्नको देशभर १० वटा शाखा रहेका छन् । शाखाहरुमध्येबाट ट्याक्टर खरिद गर्ने ग्राहकमध्यबाट लक्की ड्र गरिएको थियो । यस्तै प्रत्येक शाखाबाट खरिद गर्ने ग्राहकलाई लक्षित गरी एक÷एक थान एलसीडि समेत दिइएको थियो । भाजुरत्नबाट मेसीफरगुसन ट्याक्टर, होण्डा मोटरसाइकल, होण्डाकार, मेडीकल अक्सिजन, फिलिप्सका विद्युतिय समानहरु समेत बिक्रि गर्दै आएको छ ।

Promise Education Consultancy