आमा समुहको डेढ करोड रुपैया खाएर रिना गुरुङ्ग फरार (पढौँ यसरी ठगीन्)

प्रकाश सिग्देल
चितवन, मंसिर ४ । भरतपुर १० की रिना गुरुङ्गले स्थानिय महिलाहरुबाट करिव १ करोड ५० लाख रकम लिएर फरार भएकी छन् ।
भरतपुर १० का बिभिन्न पेशा र व्यवसायमा आवद्ध करिव ५० महिलालाई ठगि उनि फरार भएको पिडित हरुले बताए ।
यहि असोज १७ गते देखी उनी फरार भएको भरतपुरका स्थानिय महिला दिदिबहिनीहरुले बताउनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाढी होटल सन्चालन गरेर बसेकी गुरुङ्गले बिभिन्न आमा समुहमा आबद्ध भई समुह जवानी तथा समुहका दिदि बहिनीहरुलाई साक्षी राखी १ दर्जन भन्दा बढि सहकारी तथा बित्तिए संस्थाबाट बिना धितो रकम लोन लिएको र १५ वटा आमा समुुहहरुबाट पनि आफनो तथा अन्य सदस्यको नाममा ऋण लिएर फरार भएको स्थानिय कल्पना दहालले बताउनुभयो । गुरुगंले सहकारीबाट लोनको अलाबा समुहबाट र दिदि बहिनीहरुको आफनै पैसा समेत सापटीका रुपमा लगेर करिव १ करोड ५० लाख रकम सहित फरार भएको उहाको भनाई छ ।
आफुले मात्रै ब्यातिगत जवानीमा गुरुङ्गलाई ७ लाख रकम दिएको र अन्य दिदिबहिनीहरुबाट पनि धेरै रकम लगेको पाईएको उहाले बताउनुभयो । पैसा लिएर फरार भएपछी दिदि बहिनिहरु रुदै बस्नु परेको उहाले दुखेसो गर्नु भयो ।
त्यस्तै भरतपुर १० कै आसा भण्डारीले रिनाकै कारणले धेरै दिदिबहिनिहरुको घरबार बिग्रने अवस्था रहेकोले उसलाई तत्कालै खोजेर आफुहरुको रकम असुली गरी दिन आग्रह गर्नु भयो ।
आफुले रातदिन दुख गरेर कपडा सिलाउने पेशा गरी कमाएको करिव ९ लाख रकम रिनाले लगेको पिडित गिता गुरुङ्गले बताउनुभयो । त्यही बिषयले श्रीमान श्रीमती बिच सम्बन्ध बिच्छेद हुने अवस्था सृजना भएको उहाको दुखेसो छ ।
रिना गुरुगंले पैसा खाएर भागेपछी आफुहरुको घरबार बिचल्ली भएको तिला उपाध्याएले बताउनु भयो ।
उसलाई खोजेर ल्याई रकम असुली गरीदिन भरतपुरकी पिङकीले बताउनु भयो ।
रिना गुरुङ्गले पैसा खाएर भागेपछी धेरै दिदिबहिनीहरु रुदै बस्ने गरेको र कतीजनाको श्रीमान श्रीमती बिच घर झगडाले सम्बन्न बिछेद गर्नु पर्ने अवस्था सृजना भएको देवी श्रेष्ठले बताउनु भयो ।
आफुले कोष खेलाएर समुहबाट रिनालाई ८० हजार रकम दिएको र त्यो रकम पनि खाएर फरार भएकोले अन्य दिदिबहिनीहरु पनि यसबाट नठगिउन भन्नका लागी आफुहरुले हारगुहार गर्नु परेको रेखा अधिकारीले बताउनु भयो ।
गुरुङ्गका श्रीमान नेपाली सेनामा जागिरे रहेको र रिना पनि उनैसंग बसेको हुन सक्ने पिडितहरुको आशका छ ।
श्रीमानलाई फोन गर्दा रिनालाई आफुले छाडीसकेको भन्ने जवाफ आएको पिडितहरुको भनाई छ ।
रिनाले सन्चालन गरेको होटलको भाडा समेत घरबेटीलाई नतिरेपछी घरबेटीले होटलको सामान जफत गरी आफै होटल चलाएको छ ।
उसलाई खोज्न प्रहरीले पनि चासो नदिएको पिडितहरु बताउछन् ।