चितवनको चुनावी सभामा प्रचण्ड सहभागी हुने

चितवन, ४ मंसिर । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् ।
तर, उनले सम्बोधन भने गर्ने छैन । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको हो ।