मज्जाको जुसदेखि कोकाकलासम्मका प्रतिकुल ११ प्रकारका खाद्यान्नलाई चितवनमा मुद्दा

 

चितवन, ४ मंसिर । जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिकुल ११ प्रकारका खाद्यान्नलाइ मुद्दा लगाउने तयारी गरेको छ ।
चालु आर्थिक बर्ष ०७४/७५ को चौमासिकमा गरिएको बजार अनुगमनबाट संकलन गरिएका ११ ओटा प्रतिकुल नमुनाको रिपोर्ट अनुसार यहि महिना भित्र मुद्दा लगाइने भएको हो ।
चालु आर्थिक बर्षकोे चौमासिकमा ४० ओटा खाद्यँन्नको नमुना संकलन गरिएकोमा ११ ओटा खाद्यान्न प्रतिकुल पाइएको थियो ।
सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गर्ने तयारी गरिएको खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिए ।

यस आवमा ऐन विपरित सञ्चालित २ ओटा पाउरोटि उद्योग, ४ ओटा अमिलो उद्योग र ९ ओटा किराना पसल बन्द गरिएको शर्माको भनाइ छ ।

बारामा उत्पादित सरस ब्राण्डको घ्यु, चियापक्ति, बेसन, झिलींगा, कोकाकोला र स्टिम चाउचाउ प्रतिकुल भेटिएको हो । त्यस्तै संयुक्त बजार अनुगमनबाट म्याद गुज्रिएका खाद्यान्न विक्री गर्ने २२ ओटा पसललाइ पनि मुद्दा दर्ता गर्ने तयारी रहेको तिवारीले वताए ।
अनुगमनमा अत्याधिक म्याद गुज्रिएका हल्का पेय पदार्थ भेटिएको उनि वताउंछन् । तिवारीका अनुसार भारतिय कम्पनिको उत्पादन माजा नामक जुस परिक्षण पछि गुणस्तरहिन पाइएको छ ।
माजालाई पनि मुद्दा लगाउने तयारी छ । भारतिय उत्पादन भएकाले यसको डिलरले बिल पेश गर्नुपर्ने अन्यथा नेपालमा विक्री वितरणमा रोक लगाइने उनले वताए ।
नारायणगढ बेलचोकमा भारतीय नागरिक सत्यम कुशवाह भन्ने व्यक्तिले तार्पिन तेल भनिने मट्टितेल विक्री गरेको पाइएपछि उनलाइ कालोबजारी अन्तर्गत मुद्दा लगाइएको छ ।
तार्पिन तेल भनिने मट्टितेल विक्री गरि राखेको अवस्थामा ११२ लिटर मट्टितेल बरामद गरिएको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए । त्यस्तै चालु आर्थिक बर्षका चौमासिकमा ऐन विपरित सञ्चालित ६ जना पसल सञ्चालकलाइ हिरासतमा लिई सचेत गराइ छाडिएको, ७ ओटा मेडिकल बन्द गरिएको शर्माले वताए ।
शर्माका अनुसार २ बर्ष अगाडिका १४ ओटा मुद्दाको निर्णय भएर नै आउन बांकी छ ।
यस आवमा ऐन विपरित सञ्चालित २ ओटा पाउरोटि उद्योग, ४ ओटा अमिलो उद्योग र ९ ओटा किराना पसल बन्द गरिएको शर्माको भनाइ छ ।