गायिक सम्झनाले रमेशराजसगँ दोश्रो विहेगरेपछि…..(भिडियो)

 

नवीन नेपाल
चितवन । केही समय अघि गायीका सम्झना भण्डारीले पोई खोज्दै थिइन। लान्छु भनी आँट्ने कोही चाहियो रे । कसको नाममा ब्रतबस्ने रु त्यसैले उनलाई पोई चाहिएको थियो। वास्तवमा नभई गएको तीजको गीतमा उनले पोई खोजेकी गायीका सम्झना भण्डारीले अन्तत मङ्सिर सुरु भए लगतै बिहे गरेकी छिन।

केही महिना अघि बेहुला बनाउछु भन्थी बहुला बनर गै भन्दै गीत गाएका गायक रमेशराज भट्टराइले सम्झना भन्डारी संग बेहे गरेका हुन। वास्तवमा नभई अहिलेको पन्चे बाजाको गीतमा उनले सम्झना संग बिहे गरेका हुन् ।

विगत चार बर्षदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायिका सम्झना भण्डारीले एक पछि अर्को उत्कृष्ट गीत पस्कदै आएकी छिन । लगनको महिना पारेर यस पटकको मङ्सिर महिनामा पन्चे बाजाको उत्कृष्ट गीत दर्शक तथा स्रोतालागि पस्केकी छन् ।

अहिलेका निकै ब्यस्त गायक तथा सर्जक पशुपती शर्मासँग गत साल ‘बत्ती बाल्न पर्दैन’ तीज गीत बजारमा ल्याएर एका एक चर्चाको शिखरमा पुग्न सफल गायिका भन्डारीको गीत युटुवमा अत्याधिक रुचाइएको गीत मध्य एक हो ।

अहिलेका सुगम संगीत ब्यस्त एवम् चर्चित गायक तथा सर्जक रमेशराज भट्टराइको लय, शब्द तथा आवाज एबं गायिका भण्डारीको आवाजमा तयार भएको पन्चे बाजाको घुम्टो ओढ्ने दिन गीत निकै उत्कृष्ट बनेको छ ।
हालै मात्रै सार्बजनिक गरिएको घुम्टो ओढ्ने दिन गीतलाइ छोटो समयमा धेरै स्रोता दर्शकले रुचाइ सकेका छन।

पृथ्वी इन्टरटेमेण्ट को प्रस्तुति रहेको गीतमा गायक गायिका स्वमले अभिनय गरेका गीतलार्इ दुर्गा पौडेल को निर्देशन र छायांकन रहेको यश गीतको म्युजिक भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन ।
भिडियो हेर्नको लागि तल लिङ्क खोल्नु होला :