पूर्वी चितवन महोत्सव सकियो करिब १ लाख दर्शकले अबलोकन गरे

 

 

चितवन, ४ मंसिर । व्यवासयिक प्रर्वद्धनका लागि रत्ननगरमा आयोजना गरिएको पूर्वी चितवन महोत्सव आइतवार सकिएको छ । रत्ननगर जेसीजको आयोजना गरेको सो
महोत्सव कार्तिक २४ गतेबाट सुरु भएको थियो ।
१० दिन सम्म सञ्चालन भएको सो महोत्सव करिब १ लाख दर्शकले अबलोकन गरेको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए ।
महोत्यस समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका
अध्यक्ष कृष्णकुमार डल्लाकोटीले पूर्वी चितवन महोत्सवले जिल्लाको आर्थिक
विकासमा केही न केही टेवा पुर्याएको बताए ।
कार्यक्रममा महोत्सव अवधि भर सञ्चालन गरिएका विभिन्न प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार र सहयोग गर्नेलाई मायाको चिनो वितरण गरिएको थियो । विवाहलाई विशेष प्राथमिकता दिईएको सो महोत्सवमा विवाह सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
हामीले अपेक्षा गरे अनुसार नै महोत्सव सफल भएको छ संयोजक श्रेष्ठले भने यो सफलतामा साथ दिने महानुभाव तथा संघसंस्था प्रति आभार प्रकट गर्दछु । आर्थिक रुपमा धेरै ठुलो उपलब्धी गर्न नसकेको भएपनि महोत्सवले व्यवसायिक विकास,पर्यटन प्रर्वद्धनको लागि महत्वपूर्ण भूमिका खेलेको संयोजक श्रेष्ठको भनाई छ ।
महोत्सवकै कारण विगत दुई बर्ष देखि सुस्ताएको टाँडी बजारमा चहलपहल बढेको उनको भनाई छ । समापन कार्यक्रम रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा भएको थियो ।