लौरो टेकेर आएका ८३ बर्षिय बृद्धले नारायणकाजीलाई यसो भनेपछि…

गोरखा, ४ मंसिर । ठाडो उकालो बाटो…. लौरो टेक्दै एक बृद्ध सोमबार विहानै नारायणकाजी श्रेष्ठ को हो भन्दै आए । उनि हुन् गोरखा नगरपालिका ९ दल भञ्ज्याङका ८३ बर्षिय शिवबहादुर खत्री ।
श्रेष्ठलाई भेट्न साथ खत्री ले भने “म एमाले हुँ, सबै बामपंथी एक भए म धेरै खुसी छु ।,
सबै बामन्ंथीको उम्मेदवार तपाई (नारायणकाजी श्रेष्ठ) बन्नु भो । झन खुसी लाग्यो, जित्नुहुन्छ ।,
झ्याम्म अङ्गालो हाल्दै श्रेष्ठले भावुक भएर जवाफ फर्काए, हजुरको आशिर्वाद लागोस, मलाई बोलाउनु भाको भए मै आउँथे । हजुर दुख गरेर आउनु भो धेरै धेरै धन्यवाद ।”