चुनाव पछि विकासको लहर : श्रेष्ठ

गोरखा , ४ मंसिर । गोरखा जिल्ला क्षेत्र नम्बर(२ दुई अन्तर्गतको गोरखा नगर पालिका वडा नम्बर(९ को विभिन्न स्थानमा सयुक्त बाम गठबन्धनको चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा नगरपालिका ९ को दल भञ्ज्याङ, लक्ष्मी बजारमा चुनावी सभा तथा घर दैलो कार्यक्रम भएको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर (२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले चुनाव पछि विकासको लहर आउने दावी गर्नुभएको छ । श्रेष्ठले स्थानीय सरकार र प्रदेश सरकार सङ्ग समन्वय गरेर प्राथमिकताको आधारमा विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखा जिल्लाको समग्र विकासको निम्ति बाम गठबन्धनलाई बिजयी गराउन श्रेष्ठले आग्रह गर्नुभयो ।
बाम गठ बन्धनका साझा उम्मेदवार श्रेष्ठले पुसमा बामपंथीको स्थायी सरकार आउने पक्का भएको बताउदै श्रेष्ठले भन्नुभयो स् बिकासका लागि स्थायी सरकार चाहिन्छ । अब केन्द्र सरकार र प्रदेश सरकार दुबै बामपंथीको नेतृत्वमा बन्छ त्यसैले गोलाकार भित्रको हसिया हथौड़ामा मतदानगरि गठबन्धन लाई बिजयी गराउनुस ।
कम्युनिष्टहरुको लालकिल्ला गोरखाको इतिहास कायम राख्न श्रेष्ठले अपिल गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार कमला नहर्की ९सपना० ले देशभर बामपंथीको बिजय सुनिश्चित भएको दावी गर्नुभयो ।

Promise Education Consultancy