संरक्षणका सक्रिय गराउन थाङ्गखोला वनका महिलाहरुलाई चर्खा तालिम

चितवन, ४ मंसिर । वन तथा वन्यजन्तु संरक्षणमा स्थानिय महिलाहरुलाई अग्रसर गराउन चर्खा मार्फत उन कात्ने तालिम सुरु गरिएको छ ।
पूर्वी चितवनको थाङ्गखोला सामुदायिक वनका महिला उपोभोक्ताहरुले संचालनमा रहेको चेतना चेली बहुउश्ेसीय सहकारी संस्थामा आवद्ध महिलाहरुलाई संरक्षणमा थप अग्रसर गराउन आयआर्जन कार्यक्रम मार्फत ७ दिने चर्खा तालिम संचालन गरिएको हो ।
जिल्ला वन कार्यालयको अगुवाईमा राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा ७ दिने चर्खा तालिम संचालन गरेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।

चेतना सहकारीको आयोजनामा संचालन हुने तालिममा ६५ जना महिलाहरुलाई तालिम प्रदान गरि आयआर्जनका लागि चर्खा समेत उपलब्ध गराइने भएका उनले बताए ।


तालिमको एक समारोहका विच कालिका नगरपालिकाका मेयर गोपिकृष्ण श्रेष्ठले उद्धघाटन गरेका थिए ।
सो अवसरमा बोल्दै संरक्षणमा महिलाहरुलाई सहभागी गराउने तालिम उपयोगि भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत केदार पौडेलले जैविक मार्गको संरक्षण र यसमा आश्रित समुदायको आर्थिक विकासमा तालिमले यस क्षेत्रको संरक्षण, चोरीशिकारी नियन्त्रण र जथाभाभी चरिचरण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए ।
यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले जैविक विविधता संरक्षण गर्ने समुदायलाइ लक्षित गरि यस्ता कार्यक्रमहरु संरक्षण गरि आयआर्जनमा टेवा पुर्याउने बताए ।
यस अघिको चर्खा कार्यक्रमबाट सो क्षेत्र २२० महिलाहरु लाभान्वित भईसकेका छन् ।

.