चितवनमा महिला समुहमा आबद्ध काँग्रेसी महिला सहित ८० जना एमालेमा प्रवेश

रत्ननगर ३ मंसिर । काँग्रेस निकटका महिलाहरुले गठन गरेको एक चौधरी महिला समुहमा आबद्ध महिला सहित रत्ननगर ६ बछौलीमा काँग्रेस परित्याग गरी ८५ जना एमालेमा प्रवेश गरेका छन । बछौलीको सृजनशिल चौधरी महिला समुहमा आबद्ध काँग्रेस निकट ५० जना महिला र अन्य गरी ८५ जना एमालेका प्रवेश गरेको जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका पहलमा काग्रेसका सक्रिय युवा कार्यकता आकास परिवारको नेतृत्वमा ८७ जनाको सिङगो टिम एमालेमा प्रवेश गरेको हो ।

आकास परियारको नेतृत्वमा पहलसिंह परियार,टेक बहादुर परियार,हरेन्द्र चौधरी,अनिल चौधरी,विशालल चौधरी कुमारी गुरौ,दिललाल चौधरी,बुटनी चौधरी,काली चौधरी सहित ८५ जना एमालेमा प्रवेश गरेको जिल्ला सदस्य घिमिरेले जानकारी दिए । बछौलीमा आयोजित चुवानी सभामा नेकपा पूर्व अर्थ मन्त्री समेत रहेका एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र एमालेका जिल्ला ईन्चार्ज तथा प्रदेश(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले टिका र माला लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । सो अबसरमा चितवन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले एमालेको विकास नीति र राष्टियताप्रतिको अडानका कारण पार्टी प्रति आर्कषण बढेको बताए । उनले नवप्रवेशीहरुलाई उनीहरुको क्षमता र दक्षता अनुसारको जिम्मेवारी प्रदान गरिने बताए ।
कार्यक्रममा प्रदेश(ख)का उम्मेदवार खनालले एमालेले विकासको अगुवाई गर्ने भएकाले पार्टीको छातामुनी गोलबद्ध हुन सबैलाई आग्रह गरमे । अब बन्ने बामपन्थीको सरकारले जनमुखी काम गर्ने भन्दै एमालेलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाक मेयर नारायण वन सहित पार्टीका जिल्ला कमिटी सदस्यहरु,वडा कमिटीको पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।