बाम उम्मेदवार खनाललाई सुकुमवासी बस्तीमा भब्य स्वागत

चितवन, ३ मंसिर । बाम गठबन्धनबाट चितवन क्षेत्र नंं.१ प्रदेश सभा(ख)का उम्मेदवार कृष्ण प्रसाद खनाललाई रत्ननगरका सुकुमवासीहरुले आइतवार भब्य स्वागत गरेका छन । भोट माग्न वडा नंं.३ अन्तर्गत लौरीघोलको सुकुमवासी बस्तीमा पुगेका उम्मेदवार खनाललाई त्यहाका सुकुमवासी समुदायले भब्य स्वागत गरेको हुन ।
नमुना सुकुमवासी टोल विकास संस्थाका अध्यक्ष फुलमान तामाङ लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरुले विजयको शुभकामना दिँदै खनालाई स्वागत गरेका थिए । बस्तीका प्रत्येक घरले उम्मेदवार खनालाई फुलको माला,टीका र खादा लगाएर स्वागत गरेका थिए । सो अबसरमा टोल विकास संस्थाको नेतृत्वले सुकुमवासी बस्तीमा कालोपत्रे र लौरीधोलमा तटबन्धन गरिदिन उम्मेदवार खनालाई आग्रह गरेको छ । सुकुमवासीको आग्रह सुनिसकेपछि उम्मेदवार खनालले सुकुमवासीलाई लालपूर्जा र बस्ती व्यवस्थापनको लागि प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए ।
प्रतिनिधि सभा र प्रदेश सभा नजिकिदै गर्दा बाम गठबन्धनले घरदैलो र कोण सभालाई तीब्र पारेको छ । घरदैलोमा बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।

.