अवैध घरेलु मदिरा नष्ट

चितवन, ३ मंसिर । जिल्ला प्रहरी कार्यालय चितवनले घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सुरक्षित र भय रहित तरिकाले सम्पन्न गराउनको लागि कार्यालयले अवलम्बन गरेको रणनीतिक योजना अनुसार अबैध घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिइएको हो । अभियान अन्तर्गत आइतबार बिहान ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रामेश्वर त्वातीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले राप्ती नगरपालिकाको वडा नम्बर ५ चौकी डाँडाका विभिन्न घरहरुमा छापा मारी दुई सय लिटर घरेलु मदिरा र करिब सात सय लिटर बराबरको कच्चा पदार्थ नष्ट गरिएको प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिए ।