प्रकाश दाहाललाई बाबु प्रचण्डले दिए दाग बत्ती (फोटो फिचर)

काठमाडौं, ३ मंसिर । हृदयाघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काका छोरा प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आर्यघाटमा प्रचण्डले छोरा प्रकाशलाई दागबत्ती दिएका छन् । त्यसअघि प्रकाशप्रति विभिन्न राजनीतिक दलका नेताहरु र आफन्तजनले श्रद्धान्जली दिएका थिए । यसअघि पेरिसडाँडाबाट गरिएको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी भएका थिए ।


त्यहाँ माओवादी केन्द्रका साथै अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली दिएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि श्रद्धान्जलीका लागि माओवादी कार्यालय, कोटेश्वर पुगेका थिए ।

यसअघि, काठमाडौंको लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उनलाई आइतबार बिहान साँढे ५ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो । नर्भिक अस्पतालका चिकित्सकहरुले प्रकाशको आकस्मिक हृदयाघातका कारण निधन भएको जनाएका हुन् । चिन्ताजनक अवस्थामा अस्पताल पु¥याइएका प्रकाशको निधनबारे जानकारी दिँदै अस्पतालले अरु कुनै कारण नदेखिएको प्रष्ट गरेको हो ।

डा। जेबी जैसवालकाअनुसार विहान साढे ५ बजे अस्पताल लगिएको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । अस्पताल ल्याउँदा नै हात चिसो भइसकेको थियो भने पल्स नरहनुका साथै शरीर पनि केही कडा भइसकेको थियो ।

अस्पताल ल्याउनु करीब तीन घन्टाअघि नै आकस्मिक हृदयघात भएको अस्पतालले जनाएको छ ।