प्रकाश दाहालको पर्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने

काठमाडौं ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको पर्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय परिसडाँडामा राखिने भएको छ ।
ह्दयघातका कारण आज निधन भएका दाहालको पर्थिव शरिर अहिले नर्भिक अस्पतलमै छ । चुनावी अभियानका क्रममा झापामा रहेका अध्यक्ष प्रचण्ड चुनावी कार्यक्रम स्थगित गरी काठमाडौं फर्किएका छन् ।
माओवादी प्रवक्ता पम्फा भुषालका अनुसारका प्रकाश दाहालको पार्थिब शरिर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको हो ।

Promise Education Consultancy