छोराको शब हेरेर आँशु थाम्न नसकेपछि प्रचण्ड नर्भिकको सीईओ कक्षमा

काठमाडोँ, ३ मंसिर । बिभिन्न पक्षसंगको छलफलपछि नर्भिक अस्पताल पुगेका पुष्पकमल दाहाल पुत्र प्रकाशको शब हेरेपछि मर्माहत भएका छन। पुत्र प्रकाशको शब हेरेर आँशु थाम्न नसकेपछि मर्माहत भएका अध्यक्ष प्रचण्डलाई नर्भिकको सीईओ कक्षमा राखिएको छ।

अध्यक्ष दाहाल पत्नी सिता दाहाल, छोरी रेणु दाहाल र परिवारका अन्य सदस्य सहित पुत्र प्रकाशको निधनबारे थप जानकारी लिन नर्भिक अस्पताल पुगेका हुन।

पुत्र प्रकाशको निधनको खबर पश्चात प्रचण्डले झापाबाट फर्केर लाजिम्पाट स्थित आफ्नो निवासमा परिवारजन, नर्भिक अस्पतालका चिकित्सक र सुरक्षा निकाय प्रमुखसंग छलफल सकी अस्पताल पुगेका हुन।

चुनाबी अभियानमा कन्चनपुर पुगेकी प्रकाश पत्नी बिना मगर समेत छोराको साथमा नर्भिक अस्पताल पुगेकी छिन। प्रचण्डले चिकित्सकसंग पुत्र प्रकाशको निधनबारे जानकारी लिने क्रम सकिएपछी अस्पतालले औपचारिक दिने तयारि थालेको बताइएको छ।