को हुन् प्रकाश दाहाल ? जसको निधनले स्तब्ध बनायो !

काठमाडौं, ३ मंसिर । प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा हुन् । उनको को जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुनुहुन्थ्यो । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएका थिए ।
जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राखेका थिए । प्रचण्डका स्वकीय सचिवको रुपमा उनले काम गरिरहेका थिए ।
समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक समेत पाएका प्रकाश दाहाल सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा पनि अब्बल मानिन्थ्यो ।

प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उहाँलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उनी निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।