गामबेशिको चेपाङ्ग घरमा चित्रकला र हाजिरजवाफ प्रतियोगिता सम्पन्न

चितवन, २ मंसिर । गामबेसिको चेपाङ्ग केन्द्र रत्ननगर १० मङ्गलपुरमा आज एक कार्यक्रम सम्पन्न भएको छ। भरतपुर २ बालकुमारी कलेजमा रहेको इको सेभर्स क्लबको आयोजनमा इन्भारमेन्टल अवेर्नेस थ्रु कलर्स नामक कार्यक्रम सम्पन्न भएको हो।
यसै क्लबका अध्यक्ष प्रकृती न्यौपानेको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम वातावरण प्राध्यापक कृष्ण हरी देवकोटाको प्रमुख आतीथ्यतमा सम्पन्न उक्त कार्यक्रममा हाजिरिजवाफ र चित्रकला प्रतियोगिता सम्म्पन्न भएको थियो। यि दुवै बिधामा अब्बल भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको कार्यक्रममा चेपाङ्ग विद्यार्थीलाई खाजाको समेत ब्यवस्था गरिएको थियो। बचन कार्किको आर्थीक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा केपी किरण शर्माले सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रम एलिना तिवारिले सन्चालन गर्नुभएको थियो।