वाम गठबन्धनलाई विजयी गराउन शिक्षकहरु जुटे (भिडियो सहित)

चितवन, २ मंसिर । वाम गठबन्धनको पक्षमा जनमत सिर्जनाको लागि शिक्षकहरु लाग्ने बताएका छन् । देशको राजनीतिक अस्थिरतालाई पाखा लगाउँदै विकास निर्माणको लागि वाम शक्तिको बहुमत आवश्यक पर्ने भएकोले मंसिर २१ मा हुने निर्वाचनमा वाम शक्तिलाई विजयी गराउन लाग्ने शिक्षकहरुले बताएका हुन् । वाम गठबन्धनको संयुक्त शिक्षक भेला आयोजक समिति निर्वाचन क्षेत्र नम्बर ३ द्वारा आयोजित निर्वाचन क्षेत्र स्तरीय संयुक्त शिक्षक भेलामा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष पूर्ण बहादुर पुरीले राजनीतिक स्थायीत्वसँगै समृद्ध नेपालको निर्माणमा वाम शक्तिलाई जिताउनुपर्ने बताए । नेपालसँगै विकासको चरणमा प्रवेश गरेका मुलुकहरु ७० वर्षको अवधिमा धेरै अगाडि पुगेका तर नेपाललाई अविकासले पछ्याएको कारण पाँच वर्षसम्म चल्ने स्थायी सरकारले नेपालको विकास गर्ने पुरीको भनाइ थियो ।

 

चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा १ का उम्मेदवार कृष्ण भुर्तेलले समृद्ध चितवनको लागि नवलपुरलाई समेत भरतपुरमा गाभेर लैजानुपर्ने बताए । काठमाडौँपछिको राजधानी थेग्न सक्ने गरि चितवनलाई विकासको गतिमा अगाडि बढाउँदै समृद्ध चितवनको गुरु योजना अगाडि बढाउने भुर्तेलको भनाइ थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको निर्वाचन क्षेत्र स्तरीय भेलामा नेकपा एमालेका पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी, एमाले नेता देवी ज्ञवाली, चितवन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ का उम्मेदवार रामलाल महतो, नेकपा माओवादी केन्द्रका सल्लाहकार चित्रबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका सचिव रमेश प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

Promise Education Consultancy