चितवनको ईच्छाकामना गाँउपालिकामा दुई दिन विद्युत् अवरुद्ध हुने

 

चितवन , मंसिर ०२ । नेपाल विद्युत प्राधिकरणले आज र भोलि तनहुँको विमलनगर, याम्पा, आँबुखैरेनी गाँउपालिका, चितवनको ईच्छाकामना गाँउपालिका, गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका गोरखा सदरमुकामसम्मका स्थानहरुमा दिनभर जसो विद्युत आपुर्ती बन्द गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै मध्यमस्र्याङ्गदी–दमौली–डुम्रे १३२ केभी प्रशारण लाईन आयोजना अन्तर्गतको मध्यमस्र्याङ्गदी देखि मस्र्याङ्गदीसम्म १३२ केभी प्रशारण लाईन दोस्रो सर्किट निर्माण कार्यको अन्तिम टेपिङ्गको लागी टावर नं. ६९ देखि ८० सम्म कार्य अन्तर्गत उक्त खण्डमा पर्ने आँबुखैरेनी ३३ केभी फिडर तर्फको ३३ केभी प्रशारण लाईन तथा विमलनगर याम्पा तर्फको ११ केभी लाईन डुम्रे सव स्टेशनबाट बन्द गरी काम गर्न लागिएकोले उक्त प्रशारण अन्तर्गत विद्युत आपुर्ती भईरहेको स्थानहरुमा शनिबार र आईतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसँग विद्युत आपुर्ती बन्द हुने आयोजनाका सहायक प्रशासकीय अधिकृत विष्णुराज लोहनीले बताए ।