रत्ननगर वडा न १० मा कांग्रेको घरदैलो

चितवन, २ मंसिर । आसन्न प्रतिनीधि र प्रदेससभाको निर्वाचनलाई मध्ये नजर गदै नेपाली काग्रेसले घर दैलो तथा कार्यकर्ता भेला कार्यक्रमलाई तिव्रता दिएको छ ।
शनिबार रत्ननगर बडा न १० अन्तगर्त कृष्ण मन्दिर चोक, दराई टोल,मैबलो टोल,जागृति टोल, टीकौली चोक, भानुचोक, शुभप्रभात टोल हुदै बकुलहर, कल्याण टोल लगायतको क्षेत्रमा घरदैलो सुरु गरिएको थियो ।
कार्यक्रममा अन्र्तगत गरिएको कोणसभामा बोल्दै प्रदेशसभा उमेदवार उत्तम आचार्यले नेपालमा शान्ती र स्थायित्वका लागि नेपाली कग्रेसले सधै प्रमुख भुमीका खेलेको बताउनुभयो । भोली देशमा आउने निरङकुसताको अन्त्यका लागी पनि कग्रेसले जित्नै पर्ने बताउनुभयो ।
उहाँले आसन्न निर्बाचन मिनी जनमत संग्रह भएको वताउदै लोक तन्त्रको रक्षाका लागी नेपाली काग्रेसलाई अत्यधिक मतले बिजय गराउन सबैलाई अग्रह गर्नुभयो ।
कार्यक्रममा क्षेत्र न १ बाट प्रतिनिधीसभा उमेदबार राजेन्द्रप्रसाद बुर्लाकोटी पुर्व सांसद तथा माहाधिवेशन प्रतिनीधि एकनाथ रानाभाट, प्रचार प्रसार समिती सयोजक तथा क्षेत्रीय सभापति कुमार कार्की, नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, माहाधिबेसन प्रतिनीधि विजय ओझा, जिल्ला प्रबक्ता निता ढकाल, सहसचिव सुर्य अर्याल लगायतको सहभागिता रहेका थियो ।