भयावह बन्दै दुर्घटना : एक महिनाको अवधिमा ११ को मृत्यु

 

 

चितवन , मंसिर ०२ । चितवनमा पछिल्लो एक महिनाको अवधिमा मात्रै सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा एक महिनाको अवधिमा ३३ दुर्घटना भएकोमा ११ जनाले ज्यान गुमाए भने,६८ जना घाईते भएका छन् ।
जसमध्ये १९ वटा सवारी साधनमा क्षति पुगेको थियो । एक महिना अवधिमा ७ वटा बस, ६ वटा ट्रक, ३ वटा जीपकार, ११ वटा मोटरसाईकल अन्य ८ वटा सवारी साधन गरि ३३ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
उनले सवारी दुर्घटना हुनुको मुल कारण तिव्र गति र साँघुरो सडक नै भएको बताए । सवारी दुर्घटना न्यूनीकरणका लागी आफू प्रयासरत रहेको बताउदै प्रहरी प्रमुख पन्त भन्छन् स् हामीले विभिन्न संघसंस्था हरुको सहयोगमा महिनादिनमा मात्रै १४ वटा क्रियाकलापहरु गरेका छौँ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न आफ्नु टिम प्रयासरत रहेको बताउदै पन्तले नारायणगढ बजारको लायन्सचोकदेखि पुलचोकसम्म हाईवे पार्किङ निषेध गरिएको र ७५ वटा सार्वजनिक सवारी साधनहरुमा २० बुँदे आचारसंहिता टाँस गरिएको बताए ।
यस्तै खैरहनी नगरपालिका १ तरकारी चोक र बहेरा चोकमा सचेतनामुलक बोर्ड राखिएको उनको थप भनाई थियो ।