पूर्वी चितवनमा वामका उम्मेदवार भोट माग्न जनताको घरदैलोमा

चितवन, २ मंसिर । चितवन क्षेत्र नंं.१ का बाम गठबन्धनका उम्मेदवारहरु घरघरमा पुगेर मतदातासंग भोट माग्ने कार्यलाई शनिवार पनि निरन्तरता दिएका छन ।

एक हस्ता देखि रत्ननगरमा घरदैलोमा रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे,प्रदेश सभा(ख)का उम्मेदवार कृष्ण प्रसाद खनाल र समानुपातिक उम्मेदवार कञ्चन खनालले रत्ननगर वडा नंं.४ मा घरदैलो गरेका हुन ।

निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले बाम गठबन्धनको औचित्य र विकासका योजना जनतालाई सुनाएर भोट मागिरहेका छन । घरदैलो सुरु गर्नु पूर्व भोकाहामा आयोजना गरिएको चुनावी सभालाई बाम गठबन्धनका तीनै जना उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

सो अबसरमा पूर्व अर्थमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डेले मुलुकको समृद्धिको लागि स्थायी सरकार र मेहनेती जनताको संयोग मिल्नु पर्ने बताए ।

विकासलाई महत्व दिएर काम गर्ने बलियो सरकार र मेहनेत गर्ने जनता हुने हो भने मुलुक समृद्ध हुन समय लाग्दैन उनले भने त्यसैको लागि अबको करिब दुई महिनामा बामपन्थीको सरकाुर बन्दै छ । कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले खैरहनी र रत्ननगरलाई बाढीबाट जोगाउन कयर र राप्ती नदिनमा तटबन्धन गर्ने बताए ।

उनले सरकारको राष्ट्रिय बजेट र दातृ निकायको सहयोग लिएर आफुले त्यो काम गर्ने बताए । कृषिको विकासको लागि आवश्यक पूर्वाधार निर्माण र स्वास्थ्यको विकासको लागि भएका अस्पतालको स्तर उन्नती र नयाँ अस्पताल सञ्चालन गरिने प्रतिबद्धता जनाए । उनले मुलकको चौतर्फी विकासको लागि पनि कम्युनिष्टहरुको सरकार आवश्यक रहेको बताए ।

उनले ग्रामिण बस्तीको विकासको लागि प्रमुख पर्यटकीय केन्द्रलाई सडक सञ्जालसंग जोडेर विकासको मुल फुटाउने उनको भनाई छ । कार्यक्रममा समानुपातिक उम्मेदवार कन्चन खनालले नेपाली जनताको विकासको सपना साकार पार्न बामपन्थीको दुई तिहाईको सरकार आवश्यक रहेको बताईन ।

नेपाली काँग्रेसले बहुमतको सरकार चलाउदा पनि मुलुकलाई निकास दिन नसकेको भन्दै उनले यस पटक वाम गठबन्धनलाई दुई तिहाईको सरकार बनाउने अबसर प्रदान गर्न उनले आग्रह गरिने ।

घरदैलो पछि थारु गाउँ र भक्तिनी बगैंचामा कोणसभा गरिएको थियो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज तथा क्षेत्र नंं.१ का चुनाव प्रचार प्रसार समितिका उपसंयोजक इश्वरी भट्टराई,प्रदेश(ख)का परिचालन कमिटीका संयोजक कपिल पोखरेल,रत्ननगर नगरपालिकाका मेयर नारायण वन,उपमेयर विमला दुवाडी लगायतले मन्तव्य राखेका थिए ।