चितवनमा फोब्र्स कलेजमा विएचएम र विसिएसको पठन्पाठन् सुरु

चितवन, २ मंसिर । चितवनमा होटल र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न विएचएम र विसिएसको पठन्पाठन् सुरु भएको छ ।
चितवनमा नै पहिलो पटक सुजरल्याण्डको विश्व विद्यालयबाट सम्बधन् प्राप्त गरि होटल व्यवस्थापन र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले फोब्र्स कलेज स्थापना भएको हो ।
जिल्लमा बढ्दो मात्रामा पर्यटन र सूचना प्रविधिको विकास भएसगैँ यसको अभाव हुन नदिन फोब्र्स कलेज भरतपुर क्षेत्रपुरले यि विषयहरु अध्यापन गराउन सुरु गरेको गरेको कलेजका प्रचार्य दिपक गौतमले जानकारी दिए ।
‘अहिलेको आवश्यकता भनेको प्रविधिक सीपमुलक शिक्षा हो उनले भने, अब प्राविधिक सीपमुलक शिक्षामा एक कदम भएपनि अगाडी बढौँ भन्ने उद्देश्यले फोब्र्समा यि विषय पढाउन सुरु भएको छ ।’
कलेजमा सेमिष्टर प्राणलीमा यि विषयहरु अध्यापन गर्न लागिएको हो ।
यसैविच कलेजमा भर्ना भएका विएचएम र विसिएसका नयाँ विद्यार्थीहरुलाई लक्षित गरि चितवनको सौराहामा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
कलेजमा विएचएम मा ८० जना र विसिएस मा ४० जना विद्यार्थीहरु भनाई भई अध्यनरत छन् ।
भरतपुरमा रहेको फोब्र्स कलेज र रत्ननगरमा रहेको ज्ञानसुधा टेक्निकल कलेजले विद्यार्थीहरुको लागि डिप्लोमा तहको व्यावसायिक सीपमूलक होटल म्यानेटमेन्ट यसअघि नै सुरु गरिसकेको छ ।
कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थी र अभिभावक सहभागी थिए भने कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका प्रमुख नारायण वन रहेका थिए ।
कलेजका सहायक प्राचार्य हरिशरण पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय टाडीका प्रमुख वासुदेव खतिवडा, क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरे, सपना भिलेज लजका प्रमुख धुव्र गिरी, रेवान सौराहाका अध्यक्ष गोर्कण गिरी, कलेजका प्रबन्ध निर्देशक राजकुमार दाहाल, कलेजका विभागीय प्रमुख ई.सुलभ अधिकारी लगायतले बोलेका थिए । सोही अवसरमा विद्यार्थीहरुले विविध साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।