चेपाङ वालवालिकालाई सुन्धाराका व्यवसायीद्धारा न्यानो कपडा वितरण (भिडियो)

चितवन, २ मंसिर । पूर्वी चितवनको रत्ननगरका रहेको बहुचर्चित चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ ।

 

 


सुन्धारा होटल व्यवसायी संघ काठमाडौंले वालवालिकालाई जाडोमा लगाउने ज्याकेट,सुर्बाल सहयोग गरेको हो ।

केन्द्रमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र संघका अध्यक्ष बुद्धिबहादुर बस्नेतले सयुक्त रुपमा वालवालिकालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।


सो अबसरमा मेयर रेणु दाहालले केन्द्रका संञ्चालक केपिकिरण शर्मांले गरेको काममा प्रशंशा गरिन । महङगीका कारण घरमा छोराछोरीको आवश्यकता पुरा गर्ने जमाना छ उनले भनिन तर केपिकिरणले यति घेरै बालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराई रहनु भएको छ ।

सय भन्दा बढि वालवालिकालाई एकै ठाउँमा राखेर लालनपालन गराउने कुरा समान्य होईन उनले त्यो असामान्य कामलाई केपिकिरणले सजिलै गर्नुभएको छ ।
उनले केन्द्रलाई आगामी दिनमा पर्ने समस्या सामाधानको लागि पहल गर्ने बताईन । कार्यक्रममा संघका अध्यक्ष बस्नेतले सीमान्तकृत चेपाङ समुदायका वालवालिकालाई शिक्षा प्रदान गर्ने महाअभियानमा सहयोग गर्न पाउदा आफु खुसी भएको बताए ।
उनले यस्तो सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत जनाए ।


संघका उपाध्यक्ष देब गुरुङ, सचिव इश्वरी न्यौपाने, कोषाध्यक्ष भविश्वर दुवे, नरहरि खरेल, शंकर भण्डारी, नारायण अधिकारी, नारायण अर्याल, टिका पाण्डे, तुलबहादुर थापा, शिव पौडेल, सुमन बस्नेत, लक्ष्मी अधिकारी, चन्द्रकला थकाली, सुमन थापा, अश्विना थापा सहित संघका अन्य पदाधिकारी तथा सदस्यहरु कपडा हस्तान्तरण गर्ने काठमाडौं देखि केन्द्रसम्म आएका थिए ।  संघले चेपाङ वालवालिकालाई विहानको एक छाक खाना पनि खुवाएको छ ।

Promise Education Consultancy