चितवनमा टिकट लिएर गजल सुनियो

लेखराम सापकोटा
चितवन, मंसिर २ । गजलको राजधानी भन्ने गरिएको चितवन शनिबार गजलले गुन्जियो ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले आयोजना गरेको टिकटमा गजल कार्यक्रममा उभिएका २० जना गजलकारले माहोललाई गजलमय बनाएका हुन् । कार्यक्रममा टिकट काटेर गजल सुन्न आएका हरुको संख्या सयको हाराहारीमा थियो ।
चार चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा कपिल अज्ञात, नमूना शर्मा, रामहरि शर्मा, गणेश शर्मा पौडेल र सरोज उजाड गरि पाँच जना सुनिए । कार्यक्रममा सबै स्रस्टाले तिन तिन गजल सुनाएका थिए । दोस्रो चरणमा चेतराज रेग्मी, सन्देश घिमिरे, सरगम पारु, भाष्कर काजी र उर्मिला कार्कीले पनि तिन तिन गजल सुनाए ।
तेस्रो र चौंथो लहरमा उभिएर दीपक भट्टराई, निर्दोष जीवन, सुजन अनिमेष, रितु सुवेदी, सरोज पाठक, तारा शर्मा, अम्बिका कार्की, सुमित्रा पौडेल आँचल, लीला दाहाल र राजेन्द्र घायलले पनि आफ्ना दमदार सेरहरु मार्फत माहोललाई कार्यक्रम अवधिभर तताईरहे । टिकटमा गजल चितवनमा गरिएको दोस्रो शृङ्खला हो । गजलको नाम लिने बित्तिकै चितवनको नाम सबैभन्दा पहिला आउँछ । गजलको यहि नामलाई चितवनमा बचाईरख्न यो खाले कार्यक्रमको आयोजना गरिएको संयोजक पुस्प अधिकारी अञ्जलीले जानकारी दिए । कार्यक्रममा प्रेमविनोद नन्दन, धनराज गिरि, सुरेन्द्र अस्तफल, कमल अर्याल, सरला जोशी, बालकृष्ण थपलिया, लेखराम सापकोटा, बिनोद अनुज, द्वारिका नेपाल, सूर्यप्रकाश भुसाल, सुजन अधिकारी, विद्या भण्डारी लगायतको उपस्थिति रहेकोे थियो ।