चुनावी आकांक्षा : ‘बुढेसकालमा सम्मानपूर्वक बाँच्न पाइयोस्’

काठमाडौं,२ मंसिर । रामेछाप, गुन्सीभदौरेकी लीलामाया बस्नेतले आधा दर्जन पटक भोट हालिसकेकी छन् । तर, आफूले भोट दिएर जिताएका नेताले जीवनस्तर उकास्न कुनै काम नगरेको उनको गुनासो छ ।
श्रीमान् बिरामी परेपछि नौ वर्षपहिला काठमाडौं छिरेकी ६४ वर्षीया बस्नेतलाई अहिले एउटै पछुतो छ, गाउँ जाने बाटो नबनेकोमा । मोटरबाटो नभएकै कारण उनले नौ पटक अप्रेसन गरिसकेका श्रीमानलार्इ गाउँ लैजान सकेकी छैनन् ।
देश चुनावमय भइरहेका बेला उनी फेरि केही आशावादी देखिएकी छन् । चुनाव जितेर जानेहरूले जनताका लागि केही गरिदिउन् भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘आफ्ना सन्तानले सुख पाउन् । हामीले दुःख काटे पनि हाम्रा बच्चालाई राम्रो भइदिए हुन्थ्यो । अर्काको देशमा बिजोग हुनुभन्दा नेपालमा गरिखाने वातावरण मिलोस् ।’
त्यही आशाकै कारण उनी यसपटक पनि बिरामी श्रीमान्लाई राजधानीमै छाडेर गाउँ जान तम्सिएकी छन्, भोट खसाल्न । ‘गाउँमा दुःखमा सहयोग गर्नेलाई भोट लगाउँछु । हामीलाई वृद्धभत्ता चाहिएको छ । बुढेसकालमा सहारा दिने मान्छे चाहिएको छ । स्वास्थ्योपचारमा सहयोग गर्नेलाई रोज्छु,’ बस्नेतले भनिन् ।
ललितपुर, गिम्दीकी ७२ वर्षीया सोमकुमारी ९सानुमैया० दुलाललाई पहिलोपटक कति वर्षको हुँदा भोट हालेको भन्ने पत्तो छैन । तर, उनलाई यति सम्झना छ, पहिलो भोट प्रधानपञ्चलाई दिएकी थिइन् । ‘त्यो बेला नियम(कानुन कडा थियो, प्रधानपञ्चले भनेपछि मान्नुपथ्र्यो’, उनले भनिन्, ‘तर गाउँको विकास केही भएन, हामीजस्ता जनतालाई त बीसको उन्नाइस भएन ।’ आजको अन्नपूर्णोिष्टमा खबर छ।