मलाई गतिशीलजीवन मन पर्छ, यथास्थिति र जडतामा रमाएर बस्न सक्दिन : प्रचण्ड (भिडियोसहित)

नेपाली समाजको अग्रगामी विकासको लागि सिङ्गो जीवन समर्पित गर्ने नेता मध्येका एक हुन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री, महान जनयुद्ध, शान्ति प्रकृया र हालै मात्र हुँदै गरेको बामपन्थी एकीकरणका प्रणेता प्रचण्ड नामले विश्वभर परिचित क्रान्तिकारी नेता यतिवेला नेपालमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा छन् ।

राष्ट्रिय राजनीतिको केन्द्र विन्दु उनै प्रचण्डसंग चितवनको निर्वाचन क्षेत्र नम्बर ३ देखि वर्तमानको राजनीति र भावी योजनाको बारेमा केन्द्रीत रहेर  गरेको कुराकानीको सार संक्षेप यस अंकको विषेश :
चितवन आउनु मेरो अडान : 
बाम गठबन्धन नहुँदै मलाई मानिसहरुले धेरै दवाव पनि दिए । चितवन जोखिमयुक्त छ, चितवनमा प्रचण्डले जित्दैन जान हुँदैन् । रोल्पा रुकुममा प्रचण्ड देखा नपरेपनि चुनाव जिति हालिन्छ त्यही बाट उठे हुन्छ भनेर दबाव आयो तर मैले चितवनको जनताले मलाई हरायो भने म स्वीकार गर्छु म चितवन नै जान्छु भनेर अडान लिए अव तपाईहरुको हातमा फैसला गर्ने अधिकार छ ।

 

तपाई कसरी फैसला गर्नु हुन्छ । किनकी म यहाँ आउनुको तात्पर्य एउटा त देशको आवस्यकता अर्थात राजनीतिक स्थायित्वको लागि हो । देश विकासको प्रमुख वाधक अस्थीर राजनीतिक अवस्थाको अन्त्य आज देशको लागि पहिलो आवस्यकता हो । त्यस्तो स्थायित्वको लागि चितवनका जनताबाट आएको अभिमतले निर्धारीत गर्ने कुरो हो । चितवनका जनताबाट आउने अभिमत अन्य जिल्ला र क्षेत्रबाट आउने भन्दा ओजपूर्ण हुन्छ भन्ने सोचेको छु । म चितवन आउनु राजनीतिक स्थायित्व कायम गर्न दोस्रो जनताको आवस्यकता पुरा गर्नु हो ।
बिकास : 
सडक कालोपत्रे गर्ने कुरा कलबर्ट बनाउने कुरा, राप्ती नारायणीको तटबन्धनको कुरो, स्कूल कलेज बनाउने कुरा, माडीको रिङ्ग रोड कलबर्ट, निकुञ्जका जंगली जनावर र उनीहरबाट मानव बस्तीमा हुने सुरक्षाको लागि तारजाली लगाउने कुरा अनिवार्य आवस्यकता हुन तर, मेरो सोचाई त्यो काम संगै अल्लि भिन्न पनि छ । अवको १० बर्ष आर्थिक सम्वृद्धिको दशक हुनेछ । मेरै कुरा गर्नुहुन्छ भने, पहिला राजनीतिमा लागे पछिको झण्डै १० बर्ष मैले विचार र राजनीति निर्माणमानै लगाए, अर्को १० बर्ष गणतन्त्रको निम्ति, संघीयताको निम्ति, समावेशी, समानुपातिकताका निम्ति युद्धमा वित्यो, अर्को १० बर्ष शान्ति प्रकृया र, संविधान निर्माणमा योगदान गर्ने ठाउँमानै मेरो अर्को १० बर्ष वित्यो, अव विकास निर्माणद्वारा समाजवादको आधार तयार पार्ने र राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा नै अवको दशक विताउने मेरो प्रतिवद्धता मैले चितवनका आम जनताको अगाडी र चितवनका जनतामार्फत देशभरी पनि यही मैले प्रतिवद्धता व्यक्त गरेको छु ।
पार्टी एकता :
मंसिर ९ गते बाम एकता हुन्छ भन्ने कुरा गलत समाचार हो । यसमा सत्यता छैन् । सत्यता के हो भने यो चुनाव सकिनासाथ पार्टी एकता हुन्छ यसमा दुबै पार्टी विच सहमति भइ सकेको छ । माक्र्सवाद, लेनिनवाद हामी दुई पार्टीका सैद्धान्तिक आधार हुन् । केही नमिलेका कुरा मान्छेको लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन । अव सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नु पर्दछ ।
प्रचण्डपथ आधिकारिक भईसकेको अवस्थामा पनि म आफैले स्थगन गरेको विषय हो । बहुदलीय जनवाद, माओवाद आदि विषय अनुकूल समयमा मिलाउँदै गइन्छ । माक्सवाद–लेनिनवादी सिद्धान्तको आधारमा समाजवाद हुँदै साम्यवादमा जाने विषयमा हामी विच कुनै विभेद छैन । शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादमा जान सकिन्छ भन्ने निष्कर्षसाथ यतिवेलाको बाम र लोकतान्त्रिक ध्रुविकरण हो यो स्थीर सरकार र देशको विकास र आर्थिक सम्वृद्धिको लागि संकल्प हो ।
राजधानीको विषय :
चितवन राजधानी बनाउनको निम्ति उपयुक्त ठाउँ हो भन्ने कुरा धेरै पहिले देखि विशेषज्ञहरुले पनि सुझाव दिएको कुरा हो । भूगर्भविदहरु, भूगोलशास्त्रीहरुले पनि सुझाव दिएका छन् । विगतमा हाम्रो पार्टीले यो कुरा पनि ल्याएको हो तर, अहिले निर्वाचनको मुखमा मैले जनतालाई यस विषयमा ठोस रुपमा भन्न मिल्ने आधार भइ सकेको ठानेको छैन् । जवसम्म चितवनको समग्र विकास संगै जव रेलमार्ग बन्छन, सुरुङ मार्ग बन्छन त्यसपछि चितवनलाई सबैले नै राजधानी अवस्था सिर्जना हुन्छ भन्ने मेरो बुझाई छ । प्रदेशको राजधानीको विषयमा पार्टीहरु विचमा चर्चा र छलफल चलिरहेको छ ।
चुनावी तरंङ ;
शुरुमा चुनावी तालमेल भइ सकेपछि र बाम गठबन्धन भइ सकेपछि अर्थात घोषणाको दिन असोज १७ मा जस्तै सधै भइ रहने अवस्था त भएन तर, हामीले देशभरी एकाठाउँमा छिटफुट बाहेक सबका सब तालमेल भयो । यसले आम जनतामा उत्साह शुरुमा जस्तै देखेको छु तरपनि पार्टी भित्र आन्तरीक रुपमा कसले टिकट पायो कसले पाएन भन्ने विषयले केही दिन गति पैदा हुन थोरै अप्ठ्यारो परेको थियो तर, अहिले विस्तारै लय पक्डन थालेको छ ।
स्पष्ट बहुमतमा बाम गठबन्धन :
बाम गठबन्धनको विषयका कस्तो आकलन गर्नु भएको छ भन्ने जिज्ञासामा प्रचण्डले आफुले अहिल्यै यतिनै आउँछ भनेर ठोकुवा गर्न सक्ने अवस्था नभएपनि बाम गठबन्धनको बहुमत आउनेमा आफु विश्वस्त रहेको बताउनुभयो, ‘बाम गठबन्धनको दुई तिहाई नै आउँछ भनेर मैले अहिल्यै ठोकुवा गर्न सक्ने अवस्था छैन, तर पनि के हो भने यो गठबन्धनको कम्फटेवल बहुमत आउँछ । मेहनत सबैले गर्दा दुई तिहाई आउने सम्भावना पनि उत्तिकै छ ।
कार्यकारी प्रमुखः
कार्यकारी प्रमुखको विषय दुईवटा पार्टीले उठाइ सकेपछि तुरुन्तै कार्यान्वयन गर्नुपर्ने जस्तो हुन जाने र संसद हुँदा उठाउने प्रसंग चलेको पनि हो दुई पार्टी विच त्यस विषयमा सहमति पनि छ । कार्यकारी प्रमुख प्रत्येक्ष निर्वाचित हुनुपर्दछ भन्ने कुरा । दुई पार्टीले तुरुन्त घोषणा गर्दा संसदमा लिएर जानुपर्ने नैतिक अपठ्यारो आयो । तुरुन्त संसदमा लगेर दुईतिहाई बहुमत पु¥याएर जाँने सिल्सीलामा निर्वाचन प्रकृयानै विथोलिने होकी भनेर निर्वाचन प्रकृया सम्म यसरीनै जान दिउँ त्यसपछि यही प्रकृयामा जान दिउँ त्यस पछि यस विषयमा अगाडी बढ्नु पर्दछ भनेर रोकिएको हो ।
निर्वाचन जित्ने आधार :
मलाई लाग्छ चितवन जिल्ला बाम एक भएपछि लाल किल्ला नै हो । प्राप्त सूचना र गत स्थानीय तहको मतलाई आधार मान्ने मात्र हो भनेपनि सबै साथीहरुले जित्नु हुन्छ । तर, जितिन्छ भनेर हात बाँधेर बस्ने हो भने भन्न सकिन्न त्यसैले मेहनत त अवस्य गर्नुनै पर्दछ । मुख्य कुरा मेरो अर्थात म उम्मेद्वार बनेको तीन नम्बर क्षेत्रको कुरा हो । यहाँ मैले मेरो प्रतिस्पर्धिनै देखेको छैन काँग्रेसले उम्मेद्वार दिएको भए त्यो उम्मेद्वार मेरो प्रतिस्पर्धि भन्न मिल्थ्यो तर, एक जना गैर राजनीतिज्ञ जसको नेपालका भएका परिवर्तनमा कुनै साइनो छैन नेपाली काँग्रेस हामी बामपन्थीहरु निरंकुशता विरुद्ध आन्दोलन गर्दा उहाँ त्यसको विपक्षमा हुनुहुन्थ्यो । अझै पनि गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको पक्षमा उहाँ हुनुहुन्न मैले भन्नै पर्छ बरु उहाँको समर्थन प्रतिगमन तर्फनै छ । काँग्रेसले उहाँलाई उम्मेद्वार बनाएको छ । हुन त बिक्रम जी ठेकदारको रुपमा निर्माणको काम राम्रै गर्नु भएको होला । तर, उहाँमा राजनीति संस्कार छैन् ।

माडी क्षेत्रका केही दिन यता राम्रो अवस्था सिर्जना भएको भन्ने आएको छ । चार गते बाँदरझुला जाने योजना छ । १० गते सम्म देशव्यापी अभियान छ ११, १२ गते माडी जाँदै छौ । बाँदरमुढे घटना अव समस्याको रुपमा छैन । उहाँहरु संग मैले नभेटेपनि हाम्रो बाम गठबन्धनको निर्वाचन परिचालन कमिटीका प्रमुख अमिक शेरचनजीले भेटनु भएकै हो त्यसमा पनि अव माडी जाँदा मैले पनि भेटने छु ।
उम्मेद्वार माथिको आक्रमण :
पछिल्लो सयम जनार्दन शर्मा, बर्षमान पुन र कुलबहादुर केसी माथि भएको आक्रमणका विषयमा उहाँको उत्तर थियो मैले त्यति ठूलो थ्रेटको रुपमा लिएको छैन्, देशभरीनै उम्मेद्वार माथि आक्रमण हुन लाग्यो भनेर तर, कुरा के हो भने विप्लब समूहबाट उच्च स्तरका नेता र हजारौ कार्यकर्ता यता तिर आएपछि बाँकी रहेका विछिप्त भए र रोल्पा रुकुम तिर उनीहरुले आतंक मच्चाउन शुरु गरे । यो ठूलो थ्रेट होइन अलिकती मेहनत गर्ना साथ सबै गिरफ्तार गर्न सकिने अवस्था छ । तर अल्लि गम्भीर कहाँ नेर भयो भने रोल्पामा स्थानीय तहका विप्लबका कार्यकर्ता र नेपाली काँग्रेस विच तालमेल भएका कारण हतियारसहित पक्राउ परेकालाई पनि छोडियो । देउवा जीलाई मेरो के अनुरोध हो भने यसलाई कन्ट्रोल गर्नुहोस नत्र काँग्रेसलाई झन नराम्रो हुनेछ ।
तपाईहरुले स्थानीय तहको निर्वाचनमा अधिकाँश स्थानमा काँग्रेस संग सहकार्य गर्नुभयो तर, यतिवेला फेरी एमाले संग सहकार्य गर्दै हुनुहुन्छ । यति छिटो कित्ता परिवर्तन किन भयो ?
यो कित्ता परिवर्तन होइन । अनि बाम गठबन्धन निर्वाचनको लागि मात्र गरिएको गठबन्धन होइन् । यो त एकीकृत कम्युनिष्ट केन्द्र निर्माणको लागि गृहकार्य हो । पार्टी एकीकरणको प्रयास हो । कँग्रेस र माओवादीको, एमाले र काँग्रेसको पनि पार्टी एकता कहिल्यै हुन सक्ने अवस्था होइन एकता हुने भनेको काँग्रेस काँग्रेस हो कम्युनिष्ट कम्युनिष्ट विचको एकता हो । यसलाई कसैले अनौठो मान्न पर्दैैन् । हामी कम्युनिष्टहरु एकतावद्ध हुन्छौ भनेपछि काँग्रेसमा पनि विजय गच्छदार, महन्त ठाकुर, राजेन्द्र महतो सबै एकता प्रकृयामा लाग्नु भयो । मैले उहाँहरुलाई शुभकामना पनि दिएको छु । काँग्रेस र माओवादीको पार्टी एकता हुने भन्ने कुरै हुन सक्दैन् । तर, सहकार्य भोली पनि हुन सक्छ, कार्यगत एकता हुन सक्छ । गिरीजा बाबु र मैले हस्ताक्षर गरेर शान्ति प्रकृयामा आयौ हामी भोली पनि राष्ट्रको आवस्यकता र कुनैपनि अप्ठ्यारोमा काँग्रेस र कम्युनिष्ट बीच सहकार्य हुन सक्छ तर, पार्टी एकता भनेको फरक कुरा हो । यो काँग्रेस काँग्रेस र कम्युनिष्ट कम्युनिष्ट बिच मात्र हुन सक्छ यो सबैले बुझ्नु पर्दछ । आजको अवस्यकता स्थीर सरकार, आर्थिक विकास र सम्वृद्धिको लागि एकता अनिवार्य थियो । यो एकता वृहत्तर राष्ट्रिय हितको लागि गरिएको हो । (साभार : शुभेच्छा सन्देश साप्ताहिकबाट)

 

 

Promise Education Consultancy