पूर्वी चितवनको खैरहनी नगरपालिका खोपयुक्त घोषण

चितवन, २ मंसीर । चितवनको खैरहनी नगरपालिका पनि पूर्ण खोपयुक्त घोषणा भएको छ । जिल्लामा पूर्ण खोप घोषणा हुने खैरहनी दोश्रो नगरपालिका हो । यसअघि माडी नगरपालिका पूर्ण घोषणा भईसकेको थियो ।

शुक्रवार एक समारोहको आयोजना गरि खैरहनी नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले खैरहनी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरुषोतम शर्मालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे ।

खैरहनी नगरपालिका भित्र रहेका १२ महिनादेखी २३ महिना भित्रका ८ सय ३३ जना वच्चालाई नेपाल सरकारको तालिका अनुसार सम्पुर्ण खोप लगाईएपछि खैरहनी नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको खैरहनी नगरपालिकाको स्वास्थ्य ईकाईका संयोजक माया पाण्डेले जानकारी दिईन् ।

कुल १० हजार २९१ घरधुरी रहेको खैरहनी नगरपालिकाका ७ हजार २४२ घरमा सर्वेक्षण गरेर तथ्यांक लिईएको थियो । खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र,कठार स्वास्थ्य चौकी,कुमरोज स्वास्थ्य चौकी र चैनपुर स्वास्थ्य चौकी अन्र्तगतका सेवा क्षेत्रबाट तथ्यांक लिईएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका सभापति डल्लाकोटीले जीवनको पहिलो शर्त स्वास्थ्य रहेकाले नगरपालिकाले यस तर्फ गम्भीर भएर क्रियाकलाप संचालन गर्नु पर्ने वताए ।

मानिस स्वस्थ नभई केही गर्न सक्दैन समन्वय समितिका सभापति डल्लाकोटीले भने –स्वास्थ्य उपचारका कारण कोही पनि रोगी नहुने गरी नगरपालिकालाई क्रियाकलाप गर्न आग्रह गर्दछु ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रसासक विजयकुमार झाले स्वस्थ समाज निर्माणका लागि खोप निरन्तर हुनु पर्ने औल्याए ।

सरकारले सन् २०१७ भित्र देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिएपनि हाल सम्म २९ वटा मात्रै जिल्ला घोषणा भएको र त्यसमा चितवन धेरै पछि रहेको झाले वताए ।

सरकारको लक्ष्य अनुसार वाँकी नगरपालिका,महानगरपालिका र गाउँपालिकामा तीव्र रुपमा काम गर्नु पर्ने वताए । खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले मृत्युदर घटाउन,विरामी र अपाङ्ग हुनबाट जोगाउन महिला स्वयमसेविकाहरुले खेलेको भुमिकाको प्रसंसा गरिन् ।

खैरहनी नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न महत्वपुर्ण योगदान पुर्याउने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई ,खोप कार्यकर्ता र स्वास्थ्य चौकीलाई सम्मान गरिएको स्वास्थ्य ईकाईका रुद्र शर्माले जानकारी दिए । र

त्ननगरमा बाम गठवन्धनको घरदैलो र कोण सभा मंसीर १ गते । चितवन क्षेत्र नम्वर १ अन्र्तगत रहेको रत्ननगरमा बाम गठवन्धनले घरदैलो कार्य

Promise Education Consultancy