सेवा निवृत शिक्षकहरुलाई अभिनन्दन

चितवन, १ मंसिर । चितवन जिल्ला माडी नगरपालिका वडा नं ६ को हरिनगरमा रहेको श्री हरिनगर आधारभूत विद्यालयले सेवा निवृत शिक्षकहरुलाई अभिनन्दन गरेको छ । विद्यालय प्रांगणमा एक कार्यक्रमको बिच यस विद्यालयबाट सेवा गरि निवृत हुनुभएका शिक्षकहरू हरिप्रसाद पाठक,रामकृष्ण अधिकारी र बद्रीप्रसाद रेग्मीलाई अभिनन्दन गरिएको छ हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षता र माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा माडी नगरपालिका सामाजिक विकास समितिकासंयोजक कृष्णराज अधिकारी र शिक्षा शाखाअधिकृत माधब पोख्रेल रहनुभएको थियो।शिक्षक शिव पौडेलले संचालन गर्नुभएको कार्यक्रमा दीर्घ सेवा गरि निवृत्त हुनुभएका
शिक्षकरूलाई सभापति र प्रमुख अतिथिबाट दोसल्ला ,कदर पत्र र मायाको चिनो प्रदानगरिएको थियो । सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि ढकालले निवृत शिक्षकहरूकोयोगदानको उच्च मूल्यांकन गर्दै विद्यालयलाई गुणस्तर वृद्धि गर्न अगाडि बढ्नुपर्ने सुझाव
दिनुभएको थियो ।साथै माडीलाई नमुना शैक्षिक गन्तव्य बनाउन सबैलाई आ आफ्नो तह र तप्काबाट लाग्न पनि आह्वान गर्नु भएको थियो।

Image may contain: 14 people, people standing and outdoor

कार्यक्रममा विशिष्ट अतिथि द्वय सहित माडी वडा नं ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा ,माडी क्याम्पसका क्यम्पस प्रमुख घनश्याम भण्डारी ,पूर्व वि व्य स अध्यक्ष देवराज बराल, अभिनन्दित शिक्षक रामकृष्ण अधिकारी ,नेपाल शिक्षक संघ माडीका अध्यक्ष रामकुमार चौधरी,नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर प्रमुख रामप्रसाद भण्डारी र अखिल नेपाल शिक्षक शिक्षक संगठन माडी अध्यक्ष राजन काफ्ले लगायतले अभिनन्दित शिक्षकहरूको योगदानको बारेमा समीक्षा र शुभकामना ब्यक्त गर्नुभएको थियो।

Promise Education Consultancy