प्रचण्डले भने : भाडाका टट्टु’ले देश बनाउन सक्दैनन्

शिव शर्मा

चितवन, १ मंसिर । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफु कांग्रेसको प्रतिनिधि संग चुनाब लड्न नपाउदा दुख लागेको बताएका छन । आज भरतपुर महानगरपालिका वडा न ६ को वडा सम्पर्क कार्यालय उद्घाटन पछिको गीतानगर बिपी चोकमा भएको कोण सभालाइ सम्बोधन गर्दै राजनेता भन्ने साथी हरुले राजनेता चितवन बाट उठ्दा समर्थन नगरेको बताए । उनले आफ़ुआइ समर्थन गरेको भए `देउवालाई राजनेताको उपमा दिने थिए ‘ भन्दै कटाक्ष्य गरे । 

उनले भने “कम्तिमा पनि आफ्नै रुख चुनाब चिन्ह लिएर कसैलाई पठाएको भएपनि गणतान्त्रिक – लोकतान्त्रिक पक्षधर बीच प्रतिस्प्रधा भैराख्या छ । हिजोका सहयात्री संग प्रतिस्प्रधा भैरहेको छ । भोलि पनि रास्ट्रीय बिसयमा कांग्रेस संग मिल्न पर्छ भनेर चित्त बुझाउन हुन्थियो तर उहाहरुले यहाँ हलो बोकेर हिन्नु भएको छ । मलाइ ल्याएर हलो भिडाइदिनु भो यो त उल्टो भयो , यो गर्ने नहुने काम भयो । ” प्रचण्डले टेक प्रसाद गुरुङ देखि उमेस पौडेल लगाएतका नेता उम्मेदवार बन्न योग्य रहेको समेत बताए ।

उनले हलो लाइ आफु संग भिडाएर गणतन्त्र माथि निष्ठावान प्रस्न नेपाली कांग्रेशका कार्यकर्ता माथि अपमान भएको , नेपाली जनता को अपमान भएको टिप्पणी गरे । ” हलो बद्रि जी ले भाच्दिनु भयो , देबी जी ले त हलो मुङ्ग्रो भयो भन्नुहुन्छ । अब मुङ्ग्रो डल्ला ठटाउने बाहेक काम छैन । प्रचण्डले भने ।

पाण्डेको टुरिस्ट भनाइलाई व्यंग्य गर्दै उनले भने” हलो बोक्ने साथीले मलाई टुरिस्ट भन्नु भएछ । के प्रधानमन्त्री बनेको नेता टुरिस्ट हुन्छ ? प्रधानमन्त्री बनेको मान्छे टुरिस्ट रे अब ठेकेदारको मात्रै गृह जिल्ला हुने हो ? ”
उनले सिद्दान्त भएको मान्छेले मात्र देश बनौन सक्ने भन्दै ठेक्का लिएर कमिसन खाएर बस्ने `भाडाका टट्टू ‘ ले देश बनौन नसक्ने ठोक्कुवा गरे ।

पछिल्लो राजनितिक ध्रुविकरणमा बाम गठबन्धन समृद्दिको लागि भएको बताए ।उनले बाम गठबन्धन नेपाली कांग्रेशलाइ निषेध गर्न नखोजेको भन्दै गितानगरका कांग्रेस फकाउन तल्लिन भए । उनले शेर बहादुर देउवालाई पटक पटक बाम गठबन्धन नेपाली कांग्रेशका बिरुद्धमा नभएको ओली र आफुले मिलेर भेटेरै जानकारी गराएको सम्झीए । उनले आफुहरुको एकताको बेला फुटेको कांग्रेस मिलाउन सुझाब दिएको तर नेपाली कांग्रेसले आफ्नो भाबना नबुझेको गुनासो गरे । उनले नेपाली कांग्रेसको अहिलेको पाराले बिपी को समाजबाद र गिरिजाको परिबर्तनकारि योगदानको कदर नहुने बताए ।
उनले २०६४ को चुनाबमा धेरै सिट आउदा माओबादी `भ्यागुतो उफ्रेर फुटेको ‘ जस्तै फुटेको स्वीकार गरे ।

प्रचण्डले अब समृद्दीको युगमा नेपाल प्रवेश गरेका कारण आफ्नो भावनात्मक सम्बन्ध रहेको चितवन आएको बताए । उनले ७० सालमा स्व . सुसिल कोइरालाले चितवन संग कुनै सम्बन्ध नहुदानहुदै चुनाब जितेको सम्झिदै आफ्नो यस ठाउँ जन्म थलो , आफन्त सबै यहि रहेको भएकाले जसरि पनि जित्ने बिस्वाश ब्यक्त गरे ।

उनले आफ्नो शान्ति प्रक्रियालाइ टुङ्गोमा पुर्याउने जिम्बेवारी भएको महसुस गर्दै २०६४ सालको चुनाबमा हिजो को विद्रोहको राजधानी रोल्पा र काठमान्डौ बाट चुनाब लडेर काठमान्डौ र रोल्पा बीच सम्बन्ध सुधार गरेको बताए । उनले २०७० सालको चुनाबमा चितवन बाट उठ्ने मनस्थितिमा रहेको भएपनि तराइ र पहाड बीचको सम्बन्ध बलियो बनौन सिराहा गएको जिकिर समेत गरे । उनले भने ” मैले त्यसो नगरेको भए शान्ति प्रक्रिया टुङ्ग्याउन , हतियार ब्यबस्थापन गर्न धेरै जटिल हुन सक्थियो र क्याण्टोनमेण्डमा रक्तपात हुने सम्भाबना थियो । ” उनले त्यसलाई रोक्न आफु रोल्पा र काठमान्डौ रोजेको प्रस्ट्याए ।

तराइ र पहाड बीचको सेन्टिमेन्टमा केहि गडबड आएको सम्झिदै २०७० को चुनाबमा आफु सिराहा गएको बताए । उनले प्रदेश न २ मा देश बिरोधि शक्ति सल्बल्याएको बुझेर सिराहा झरेको उल्लेख गरे ।

उनले आफ्नो कार्यकालमा शक्ति खोरमा औधोगित क्षेत्र स्थापना , चित्रवनमा दशरथ रंगशाला पछिको ठुलो अन्तरास्ट्रिय खेल हुने रंगशाला निर्माणको लागि ६० करोड बजेट छुट्याएर , भरतपुरमा अन्तरास्ट्रिय स्तरको प्रदसनी केन्द्रको निर्माणमा क्याबिनेट बाट निर्णय , केहि सडक पिच गर्ने , जंगली जनावरको आक्रमण बाट बचाउन तारजालीको पहल थालेको लगाएतका काम गरेको बताए । उनले आफु देश समृद्दिको नेतृत्व गर्न सक्ने नेता भएको महसुस गरेको ठम्याए ।

उनले नारायणी नदि र राप्ती नदिमा रिङ्ग रोदको व्यवस्था गर्ने करी २ अर्बको लगानीमा आफ्नै नेतृत्वमा काम सुरु भएको बताए । गीतानगर गौचरणका सुकुम्बासीको पिडा सम्झिदै अन्त्यमा उनले भने ” २०३६ सालमा मा ठिटो हुदा यो समस्या देखेको हु अझै साम्य भएको छैन । यसलाई अबको स्थायी सरकारले मिल्ने ठाउमा तुरुन्त लालपुर्जा दिएर , फ्ल्याट दिएर , रोजगार दिएर , सुकुम्बासीको छोरा चोरीको शिक्षा स्वास्थ्यको जिम्मा सरकारले लिने गरि उचित निर्णय गरिने छ ।”