काग्रेस लोकतन्त्रको पक्ष भएपछि सारा देश उर्लियो

 

अनिता अर्याल

चितवन, १ मंसिर । आसन्न प्रतिनीधि र प्रदेसभाको निर्वाचनलाई मध्ये नजर गदै नेपाली काग्रेसले घर दैलो तथा कार्यकर्ता भेला कार्यक्रमलाई तिव्रता दिएको छ ।
आज शुक्रबार रत्ननगर बडा न १२ अन्तगर्त शिवालय मन्दिर परिसरमा कार्यकर्ता भेलाको आयोजना गरेको छ
। कार्यक्रममा प्रमुख अतिथी तथा प्रतिनीधि सभा सदस्यका उमेदवार राजेन्द्र बुर्लाकोटीले साम्यबादिको अन्त्यका लागी एकमात्र विकल्प प्रजातान्त्रीक पद्धती भएकाले नेपाली काग्रेसले कुनै हालतमा जित्नै पर्ने बताउनुभयो ।
साम्यवादी समाज भनेको एउटामात्र सिद्धान्त र पार्टिलाई करबलै मान्नुपर्ने कठोर शासन व्यवस्था भएकाले पनि, यस्तो ब्यवस्थाको नेपाली जनताले ठाडै अस्वीकार गर्नेमा कुनै दुईमत नभएको बताउनुभयो ।
त्यसै गरी विशिष्ट अतिथी तथा प्रदेशसभा उमेदवार उत्तम आचार्यले लोकतन्त्रको रक्षाका लागी काग्रेस कुनै हालतमा बिजयी हुने बताउनुभयो । उहाँले जनताद्धारा जनताको रक्षाका लागी जनता आफैले शासन गर्ने पद्धती नै लोकतन्त्र भएको भन्दै लोकतन्त्रको पक्षमा सारा देश उर्लिएको बताउनुभयो ।
मानबिय चाहना, मुल्य, र पहिचानको उच्चतम सम्बोधन र सम्मान लोकतन्त्रले गर्ने हुदा सवै मतदाता सग आगामी निर्बाचनमा नेपाली कग्रेशलाई अत्यधिक मतले बिजयी गराउन आग्रह गर्नुभयो ।कार्यक्रममा बडा सयोजक श्रीकृष्ण घिमीरेको सभापतित्व रहेको थियो ।
यसैबिच आजै रत्ननगर बडा न १२ को प्रचार प्रसार कार्यालय समिती समुदघाटन गरीएको छ । जिल्ला कार्यबाहक सभापति कैलास कोईरालाको सभापति र जिल्ला सचिव उत्तम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै कोइरालाले आफना उमेदवारलाई बिजयी गराउन सवै आआफनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो । यो निर्बाचन माहाभारतको युद्ध जस्तै भएको भन्दै, काग्रेस पाण्डब भएको र कौरव र पाण्डबको लडाईमा पाण्डबको बिजयी हुने दाबि गर्नुभयो ।
उहाँले हरेक परिर्बतनमा कग्रेसले नेतृत्व गरेको स्मरण गदै आसन्न प्रतिनीधिसभा र प्रदेससभाको निर्वाचनमा राजेन्द्र बुर्लाकोटी र उत्तम आचार्यलाई मत दिएर बिजयी गरउन आग्रह गर्नुभयो ।
सचिव उत्तम आचार्यले आपना छोरा छोरीको भविष्य सुनिश्चीत गर्नका लागी पनि कग्रेसलाई बिजयी गराउनुपर्ने बताउनुभयो ।
कग्रेसले गरेको उपलब्धी प्रत्येक मतदातालाई बुझाउन आवश्यक भएको भन्दै उहाँले सवै मतदातालाई अमूल्य मत खेर जान नदिन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला सह सचिव सुर्य अर्याल, लगायत सयौ कार्यकर्ता सहभागी थिए ।