चितवनमा कर सप्ताह सुरु , ६ महिनामा ६ अर्ब बढी राजश्व संकलन (पुरा विवरणसहित)

चितवन मंसिर १ । छैटौ कर दिवस २०७४को अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा आज यहा बृहत प्रभात फेरी कार्यक्रम सम्पन्न भएकोे छ । उद्योग बाणिज्य संघ चितवनको कार्यालय नाराणगढ बाट सुरु भएको प्रभातफेरी कार्यक्रम नारायणगढ र भरतपुर क्षेत्रको परिक्रमा गर्दै आन्तरिक राजस्व कार्यालयमा आएर सभामा परिणत भएको थियो ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थान प्रसाद पंज्ञानीले राष्ट्यि कर दिवस र कर सप्ताहाको बिषयमा प्रकाश पार्नु हुदै बृहत कराधारले मात्र देशको संबृद्धिहुने बताउनु भयो ।
कर सरकारी तवर बाट मात्र नभएर निजि क्षेत्रको सहयोगले मात्र संकलन हुन सक्ने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो ।
कार्यक्रममा उद्योग बाणिज्य संग चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, उद्योग बाणिज्य संग रत्ननगरका अध्यक्ष राजा राम रेग्मी, उद्योग बाणिज्य संग गैडाकोटका उपाध्यक्ष दिपक सापकोटा, अडिटर्स एसोसियसन चितवनका अध्यक्ष देबि प्रसाद डल्लाकोटी लगाएतले कर तिरी ब्यवसाय गर्न सबै संग अनुरोध गर्नु भयो ।

हाम्रो पौरख हाम्रो कर राष्ट्निमार्णको दिगो भर भन्ने नाराका साथ यो वर्षको कर दिवस मनाईदै छ ।
कर दिवसका अवसरमा मंसिर २ गते सरसफाई कार्यक्रम, ३ गते उद्योग बाणिज्य संघ गैडाकोटमा करदाता शिक्षा कार्यक्रम, ४ गते उद्योग बाणिज्य संग रत्ननगरमा अन्तरक्रिया कार्यक्रम, ५ गते उद्योग बाणिज्य संग कावासोतीमा करदाता शिक्षा कार्यक्रम, ६ गते उद्योग बाणिज्य संग खैरहनीमा अन्तरक्रिया कार्यक्रम र ७ गते कर दाता र कर्मचारीलाई सम्मान गर्दै कर सप्ताह समापन गरिने कर अधिकृत डिल्लिराम पौडेलले बताउनु भयो ।
सो कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् ।
चालु आर्थीक वर्षमा कार्यालयले १९ अर्व ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्त सम्ममा ६ अर्व ५० करोड भन्दा बढि राजस्व संकलन गरेको कार्यालयको तथ्याकं छ ।