यस्ता छन् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनावी प्रतिवद्धता पत्र (भिडियो)

चितवन १, मंसिर । चितवन क्षेत्र नंं १ बाट संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र पाण्डेले विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आफ्नो चुनावी प्रतिवद्धता पत्र शुक्रवार सार्वजनिक गर्नुभएको छ । पूर्वी चितवनको भण्डारा स्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
चुनावी प्रतिवद्धता पत्रमा विकास निर्माणको क्रम पूर्वाधार निर्माणवाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । भएको जमिनको उपयोगलाई बैज्ञानिक ढंगवाट कसरी प्रयोग गर्ने,सहर निर्माणको मोडेल, सडक तथा यातायात पूर्वाधार विकास निर्माणको विषयलाई उच्च प्राथमिकतामा राखिएको छ ।

 

काठमाण्डौं–निजगढ फास्ट ट्¥याक र रेलवे, सँगै काठमाण्डौं –रसुवा सडक र रेलवे, मध्यपहाडी सडक, तराई हुलाकी सडक, कोसी करिडोर, मुस्ताङ–कालीगण्डकी करिडोर सडकहरुलाई उच्च प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने उम्मेदवार पाण्डेले बताउनुभयो ।

शिक्षा, खोज र अनुसन्धान सँगै उद्यमशीलताको विषयलाई समेत उम्मेदवार पाण्डेले चुनावी प्रतिवद्धता पत्रमा समेट्नुभएको छ । पर्यटन, जलविद्युत, उद्योग क्षेत्र लगायतका क्षेत्रको विकास गरेर मुलुकले निर्यात गर्न सक्ने सम्भावनालाई समेत आफ्नो चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका उम्मेदवार पाण्डेले इमान्दार सरकार र मेहनती जनता भए मुलुकको विकास हुन समय नलाग्ने भन्दै सोही अनुसार जनतालाई मेहनती बनाउने खालको विषयलाई चुनावी प्रतिवद्धता पत्रमा आफुले समेटेको बताउनुभयो ।
उम्मेदवार पाण्डेले चितवनको पक्षमा भने आठवटा विषयलाई चुनावी प्रतिवद्धता पत्रमा उच्च प्राथमिकता दिनुभएको छ । बाटो निमार्ण, खानेपानी व्यवस्थापन, तटबन्ध, सौराहामा अन्तराष्ट्रिय स्तरको सभाहल निर्माणको विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।

सडक निर्माण अन्तर्गत भण्डारा मुलेखु सड्क निर्माण परियोजना अबको पाँचवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । सो परियोजना निर्माणका लागि अहिले सम्म ५५ करोडको बजेट बिनियोजन भइसकेको जानकारी दिनुभयो । डबल लेनको उक्त सडक निर्माण सम्पन्न भए, भण्डारा देखि ५० मिनेटमै मलेखु पुग्न सकिने उहाँको भनाई छ ।

यस्तै टाँडी शक्तिखोर सड्क निर्माण लगायत पूर्वी चितवनको झण्डै २५ वटा मुख्य बाटोहरुमा कालोपत्रे निर्माण भइरहेको छ । ति मध्ये कहिमा निर्माणको काम सकिएको छ भने केही निर्माणको प्रकृयामा छ । २५ वटा मुख्यबाटोमा कालोपत्रे निर्माणका लागि मात्रै २ अर्ब रुपैयाँ बजेट बिनियोजन गर्न आफु सफल भएको नेता पाण्डेको भनाई छ ।
उहाँका अनुसार लोथर देखि सौराहा सम्म पर्यटन सडकको रुपमा विकास गरिएको छ । यसका लागि विगतमा १३ करोड ५० लाख बजेट पारेर निर्माणको काम भइरहेको छ ।

सो क्षेत्रका स्थानीयलाई व्यवसायीक बन्न प्रेरित गर्न आफुले यो मोडेल ल्याएको जानकारी दिनुभयो । खानोपानी योजना अनुसार पहाडी क्षेत्रमा धारा वितरण लगायत पूर्वी चितवनको पिप्ले देखि कुमरोज, बछौली लगायतका क्षेत्रमा ओभर ट्यांकी निर्माणको आयोजनाहरुलाई अगाडी बढाउने काम भएको छ ।
यस्तै सौराहाको व्यवसायलाई मध्यनजर गर्दै सौराहामा नै अन्तराष्ट्रिय स्तरका सभाहल बनाउने आयोजना सुरु भएको छ । त्यसको लागि डेढ अर्वको योजना शहरी मन्त्रालयमा पुगेको जानकारी दिनुभयो ।

Promise Education Consultancy