काँग्रेसी थलो गीतानगरमा प्रचण्डको भव्य स्वागत

चितवन, १ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पैसाले किनिएका मान्छेवाट देश निमार्ण हुन नसक्ने बताएका छन् । चितवनको गितानगरमा आयोजित चुनावी सभामा वाल्दै प्रचण्डले आफुले इमान्दारिताका साथ चुनावी प्रतिष्पर्धामा भाग लिने प्रतिवद्धता पनि जनाए । आर्दश र निष्ठाका मान्छेको जमातवाट मात्रै देश वन्ने उल्लेख गर्दै आफुले पैसा वाडेर भाडाका मान्छे लिएर झण्डा राख्दै हिड पनि नभन्ने बताए । विपक्षीले पैसा वाडेर भोट खदिर गर्न थालेको आफुले सुनेको र त्यो देशका लागि दुर्भाग्य हुने प्रचण्डको दावी थियो । प्रचण्डले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको समेत बताए । आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको प्रचण्डले बताए।
पहिलो संविधानसभा निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाण्डौंबाट उम्मेदवारी दिएको भन्दै उहाँले दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाण्डौंबाट उम्मेदवारी दिएको बताए । राजनीतिक एजेण्डा सिद्धिएको भन्दै उहाँले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको बताए ।
विपी र गिरिजाप्रसाद कोईरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले कांग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान हुने बताउनुभयो । नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ ईतिहास रच्ने बेला आएको भन्दै उहाँले यसमा साथ दिन आम जनसमुदायलाई आग्रह गरे ।
चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको गीतानगरस्थित वीपी चोकमा भएको सो कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिक इतिहास बोकेको यस क्षेत्रका राजनीतिक योद्धाहरुको आफूले सम्मान गर्ने पनि बताए । केही कांग्रेसका पुराना नेताको नाम लिंदै उहाँले उहाँहरुको राजनीतिक त्यागको प्रशंसा गर्नुपर्ने बताउनुभयो । काग्रेसको गढका रुपमा मानिएको गितानगरमा काग्रेसीहरुले पनि उनलाई घरदैलोमा पुग्दा घरअगाडि घडा राखी फुलमाला र अविरले भव्य स्वागत गरेका थिए । घरदैलोमा पुराना काँग्रेसका नेता,युवा,महिला तथा प्रौढहरुले चितवनको नेता वल्ल पाएको भन्दै आफुहरुले साथ दिने वचन पनि दिएका थिए ।

Promise Education Consultancy