सार्कका सबै देशसँग व्यापार घाटा

काठमाडोँ, १ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा आवद्ध सबै सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटामा छ। सार्कमा नेपालसहित आठ मुलुक सदस्य छन्। नेपालले सातवटै मुलुकसँग घाटाको व्यापार गरिरहेको नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाउँछ। गएको आर्थिक वर्ष भारतसँग पाँच खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटामा छ। भारतबाट ६ खर्ब ४१ अर्ब ४२ करोडको वस्तु नेपाल भित्रिँदा ४१ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो। गत वर्ष नेपालको कुल वैदेशिक व्यापार नौ खर्ब ८४ अर्ब ३० करोड थियो। नेपालको कुल व्यापारको करिब दुई तिहाई हिस्सा भारतसँग हुने गरेको छ।
तीन वर्षअघि अफगानिस्तानसँग नेपालको व्यापार एक अर्ब ५९ करोड रुपैयाँ नाफामा थियो। नेपालबाट एक अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो। अफगानिस्तानबाट ७६ लाखको सामान भित्रिएको थियो। तर, गत वर्षसम्म आइपुग्दा व्यापार घाटामा मात्र गएन, आयातनिर्यात नै खुम्चिसकेको छ। १२ लाखको सामान आयात गरिँदा एक लाखको सामान निर्यात भएको छ। नाफामा रहँदै आएको व्यापार पनि ११ लाख घाटमा गएको छ।
बंगलादेशसँगको व्यापार घाटा उछालिँदै गइरहेको छ। तीन वर्षअघि एक अर्ब ६४ करोड रहेको घाटा गत वर्ष तीन अर्ब १८ करोड पुगेको छ। केही वर्षअघिसम्म बंगलादेशसँगको व्यापार नाफामा थियो। पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्ससँग सानो आकारमा व्यापार भए पनि घाटामै छ। सार्क मुलुकमा सबैभन्दा थोरै कारोबार माल्दिभ्सँग हुन्छ। गत वर्ष माल्दिभ्सँग कुनै व्यापार भएको देखिँदैन। अघिल्लो वर्ष तीन लाख व्यापार घाटा भएको थियो। माल्दिभ्सबाट साढे तीन लाखको वस्तु भित्रिँदा नेपालबाट ५० हजारको निर्यात भएको तथ्यांकमा छ।, आजको अन्नपूर्णपोष्टमा खबर छ।

Promise Education Consultancy